अस्थायी शिक्षक आन्दोलन कास्कीद्धारा ध्यानआकर्षण पत्र

अस्थायी शिक्षक आन्दोलन समितिले विहिवार जिल्ला शिक्षा कार्यालय कास्कीमा
ध्यानआकर्षण पत्र बुझाएको छ। अस्थायी शिक्षक आन्दोल कास्कीले कास्कीका
सम्पूर्ण अस्थायी शिक्षकहरुलाई सरकारद्धारा हालै ल्याइएको व्यवस्थापन प्रकृयमा
अघि ्नबढाउन जिल्ला शिक्षा कार्यालय कास्कीलाई अनुरोध समेत गरेको छ ।
शिक्षा विभागले हालै अस्थायी शिक्षकहरुलाई परीक्षा वा सुविधा रोज्न भनेर सहि
छाप सहितको फारम जिल्ला शिक्षा कार्यालय मार्फत अस्थायी शिक्षक समक्ष
पु¥याएकोमा सो कार्य ऐन आठौं संशोधन विपरीत रहेको आन्दोलन समिति
कास्कीका अध्यक्ष विष्णुमणी लामिछानेले बताए । ध्यानआकर्षण पत्र बुझाएपछि
आयोजित कोण सभामा बोलदै सरकार आफैले बनाएको शिक्षा ऐनलाई उलङ्घन
गरेको, सर्वोच्च अदालतको आदेशलाई उलङ्घन गरेको ,अस्थायी शिक्षकले गरेको
सेवाको अबमूल्यन गरेको उनले आरोपे लगाए । कास्कीका अस्थायी
शिक्षकहरुकोउपस्थिति रहेको उक्त कार्यक्रममा विबरण फारम अस्थायी शिक्षकको
विपक्षमा भएको भन्दै बहिस्कार गर्ने बताएका थिए ।

Comments are closed.