अस्पतालबाट फर्केपछि सबै कुराको जवाफ दिन्छु ः सांसद शाही

पोखरा १६ बैशाखः गण्डकी प्रदेशमा सत्ता समीकरणको निर्णायक शक्ति बनेको राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही संसदमा अनुपस्थित भएको कुरालाई लिएर विविध टिप्पणी भएपछि उनले अस्पतालबाट फर्केपछि सबैकुराको जवाफ दिने बताएका छन् ,
मतदानको समयमा अनुपस्थिती भएपछि शाहीको बारेमा विविधखाले टिकाटिप्पणी भएपछि उनले एक विज्ञप्ती जारी गर्दै भ्रामक प्रचारको पछि नलाग्न आग्रह गरेका हुन। उनले जारी गरेको एक विज्ञप्तीमा मतदानका लागि प्रदेशसभा जाने तयारी गरिरहेको सन्र्दभमा एक्कासी विरामी भई वेहोस भएपछि अस्पताल भर्ना भएको बताएका छन् । सदन जाने तयारी थियो एक्कासी असहज महशुस भयो, भाई जुन विक्रम शाहीलाई बोलाएर अस्पताल गएको र अस्पताल नपुग्दै बेहोस भएको विज्ञप्तीमा बताएका छन् । साथै उनले पार्टी तथा संसदियदलले गरेको निर्णयमा आफ्नोपनि सहभागिता भएकोले निर्णय प्रति आफ्नो पनि सर्मथन र प्रतिवद्धता रहेको पनि स्पष्ट पारेका छन् ।
गण्डकी प्रदेशमा सत्ता समीकरणको निर्णायक शक्ति बनेको राष्ट्रिय जनमोर्चाका एक सांसद अनुपस्थितिले देशभर तरंग पैदा भएको थियो । अविस्वासको पस्तावमा पक्ष र विपक्षमा मतदानमा एक सांसद तलमाथी हुँदा सत्ता समिकरण फरक बन्ने अवस्थामा सांसद अनुपस्थितिले ठूला तरङ्ग ल्याएको थियो ।
बुधबार अपराह्न साढे ४ बजे बोलाइएको प्रदेशसभाको दोस्रो बैठक सुरु हुनु अघि राष्ट्रिय जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएको भन्दै बैठक रोक्न माग गर्दै प्रदेश सभामा निवेदन दिएलगत्त सभामुखले अर्को सूचना नआउँदा सम्म प्रदेशसभाको बैठक स्थगित गरेका थिए ।

Comments are closed.