अस्वस्थ प्रतिस्पर्धा कारण हुनेमा प्रहरीको शंका

एयरपोर्टमा काँटी प्रकरण – हटलाइन फलो–अप

पोखरा, १५ पुस । गत मंसीर १९ गते । पोखरा एयरपोर्टको रन वे मा काँटी गडेको दिन । घटना भएको करिब एक महिना बित्न लाग्दा, पनि कसले काँटी गाडेको थियो भन्ने कुराको अझै पत्तो लाग्न सकेको छैन ।

Pokhara-Airportमहिना लामो बित्दा पनि ठोस अनुसन्धान पुरा नगरको कास्कीका प्रहरीका अधिकारीहरु प्रतिस्पर्धी कम्पनीहरु बिचको अस्वस्थ प्रतिस्पर्धाका कारण किला राखिएको हुन सक्ने शंका बढी गरेर अनुसन्धानमा जुटिरहेका छन् ।
“सबै हिसाबले अस्वस्थ प्रतिस्पर्धाकै कारण काँटी गाडिएको हो भन्ने शंकालाई आधार मानेर अनुसन्धान गरीरहेका छौ ।” एक प्रहरी अधिकारीले पोखरा हटलाइनसँग भने–“एयरपोर्टमै रहने ब्यक्तिहरुसँग सोधपुछ गर्दा, पनि त्यसतर्फ इ·ित गर्छन् ।”
त्यस समयमा तीन वटा काँटी उत्तानो पारेर गाडीएको अवस्थामा भेटिएको थियो । शनिबारको त्यो बिहान पोखरा अल्ट्रालाइट र फिस्टेल एयरले प्रयोग गर्ने रन–वे मा तीन वटा काँटी भेटिएपछि, त्यहाँ ह·ामा मच्चिएको थियो ।
ति काँटी पोखरा अल्ट्रालाइटका पाइलटले देखेका थिए । “धन्न ! सुरुमै पाइलटले देखे ।” एयरपोर्टका एक अधिकारीले पोखरा हटलाइनसँग भनेका थिए–“यदी त्यही बाटो अल्ट्रालाइट हिड्दा, त्यो किल्लामा परेको भए जे पनि हुन सक्थ्यो ।”
किल्ला भेटिएपछि, जिल्ला प्रहरी कार्यालय कास्कीले मुचुल्का तयार पारेर अनुसन्धान टोली समेत बनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका नायब उपरिक्षक डिएसपी गजुरसिद्धी बज्राचार्यले बिभिन्न टोली बनाएर अनुसन्धान जारी रहेको जानकारी दिए ।
“अहिले सम्म अनुसन्धानमै छौ । निष्कर्षमा पुगेका छैनौ । बाहिर भित्र सबै तिर अनुसन्धान भइरहेको छ । रिजल्ट आएपछि, सार्वजनिक गर्छौ ।” कास्की प्रहरीका प्रवक्ता समेत रहेका बज्राचार्यले पोखरा हटलाइनसँग भने ।
स्रोतका अनुसार प्रहरीले केहीसँग सोधपुछ गरीरहेको छ भने शंका लागेका ब्यक्तिहरुको निरन्तर निगरानी गरीरहेको छ । तर अझै अनुसन्धान सफल भने भएको छैन ।
काँटी गाडिएको कुरालाई सुरक्षाको बिषय भएको भन्दै नागरिक उड्डयन कार्यालय पोखराले प्रहरीलाई नै अनुसन्धानको जिम्मा लगाएको थियो ।

Comments are closed.