अहिलेको सरकार असफल – राप्रपा महामन्त्री लिङ्देन

 

पोखरा, १० मंसिर ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सांसद राजिन्द्र लिङ्देलले लिपुलेक, कालापानी, लिम्यिाधुरा जस्ता नेपाली भूमि समेटेर भारतले नक्सा सार्वज्निक गर्दा पनि सरकारले कुनै ठोस कदम नचाल्नु गम्भिर चिन्ताको विषय भएको बताउनुभएको छ ।

घरदैलो तथा कोणसभामा बोल्दै सांसद लिङ्देलले भ्रष्टाचार, महिला हिंसा, दण्डहिनता, राष्ट्रियता, सुशासन लगायतका विषय यो सरकार पुरै असफल भएको बताउनुभयो ।

राप्रपा उम्मेदवार रोम बहादुर भण्डारीलाई जिताउन राष्ट्रियता बचाउन सबैलाई आग्रह गर्दै सांसद लिङ्देलले राप्रपालाई मतदान गर्न समेत क्षेत्र नं. २ का मतदातालाई आग्रह गर्नुभएको छ ।

उपनिर्वाचन नजिकिदै गर्दै राप्रपाले चुनावी प्रचार तिव्र पोको छ । घरदैलो कार्यक्रममा राप्रपा महामन्त्री एवं सांसद राजिन्द्र लिङ्देल, उम्मेदवार रोम बहादुर भण्डारी, प्रदेश अध्यक्ष हेमजंग गुरुङ, सहमहामन्त्री विन्दु पहाडी, प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ, केन्द्रीय सदस्य जयलाल पुन, कुल बहादुर गुरुङ, नारायण गुरुङ, सिता खड्का, बरुण बिक्रम राणा, प्रदेश कोषाध्यक्ष पञ्चमाया गुरुङ, युवाका गण्डकी प्रदेश प्रमुख हिक्मतजंग कार्की लगायत जिल्ला तथा प्रदेशका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

उम्मेदवार भण्डारीले राष्ट्र र राष्ट्रियता बचाउनका लागि यस पटक बेला आएको र हिन्दु राष्ट्र कायम गर्नको लागि पनि राप्रपालाई जिताउन आग्रह गर्नुभयो ।

राप्रपाले बुधबार पृथ्वीचोकमा वृहत चुनावी आमसभा हुने हुँदा उक्त आमसभालाई पार्टीका महामन्त्री तथा प्रतिनिधि सभा सांसद राजिन्द्र लिङ्देन लगायत केन्द्रीय स्तरका शीर्षस्थ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार संयोजक सूर्य बास्तोलाले जानकारी दिनुभयो ।

बुधबार हुने वृहत चुनावी आसमभा हुनु अगाडि वृहत मोटरसाइकल ¥याली हुने छ । ¥याली पृथ्वीचोकमा जम्मा भई नयाँबजार महेन्द्रपुल, बसपार्क, रानीपौवा, फुलबारी, छोरोपटन, विरौटा हुँदै पुनः पृथ्वीचोकमा आएर समापन हुनेछ ।

Comments are closed.