पोखरा, १० चैत/ नेपाल पत्रकार महासंघ कास्की शाखाले २०७२ साललाई पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नका लागि धेरै भन्दा धेरै तालिमहरु सञ्चालन गरी तालिम बर्ष बनाउने निर्णय गरेको छ । पत्रकारितामा भर्खरै प्रवेश गरेकादेखि लिएर पाका पत्रकारसम्मलाई विभिन्न खालका तालिम प्रदान गरि क्षमता अभिवृद्धि गराउने बताएको हो ।
महासंघको चैत ७ गते चितवनको सौराहमा सम्पन्न २० औं बैठकले बैशाख महिनाभित्र भवन निर्माण सम्पन्न गरि उद्घाटन गर्ने, पत्रकार कल्याणकारी कोषको रकम वृद्धि गरि २५ लाख रुपैया पुर्याउने, जिल्लामा रहेका स्थानीय निकायका विज्ञापन तथा सूचनाहरु जिल्लामा रहेका सबै सञ्चार माध्यमलाई वितरण गर्न अनुरोध गर्ने लगायतका निर्णयहरु गरेको छ ।
महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले बैशाख महिनाभित्र भवन उद्घाटन गर्ने र पत्रकारको क्षमता अभिवृद्धि गर्न २०७२ सालभरी धेरै भन्दा धेरै तालिम गर्ने बताए । ‘महासंघमा हाम्रो कार्यसमिति आएको १३ महिना भएको छ । भवन उद्घाटन गर्ने चरणमा पुगेका छौं’ ज्ञवालीले भने, ‘अब पत्रकारको क्षमता अभिवृद्धिका लागि २०७२ सालमा धेरै तालिम सञ्चालन गरि तालिम बर्ष बनाउनेछौं ।’
भवन उद्घाटन गरेपछि पत्रकार कल्याणकारी कोषको रकम वृद्धि गर्न महासंघ लाग्ने सचिव त्रिभुवन पौडेलले जानकारी दिए । उनले विभिन्न संघसंस्था तथा व्यक्तिसंग सहयोग आह्वान गरेर तथा महासंघ आफैले विभिन्न कार्यक्रम गरि रकम संकलन गरि २५ लाख रुपैया पु¥याउने बताए । कोषमा अहिले करिव १० लाख रुपैया रहेको छ । पत्रकार विरामी हुँदा तथा विभिन्न अप्ठ्यारामा कोषबाट सहयोग प्रदान गरिदै आएको छ ।बैठकले प्रेसमैत्री संविधान निर्माण गर्न, श्रमजिवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर्न तथा देशका पर्यटकीय क्षेत्रहरु पोखरा, चितवन, नवलपरासी तथा अन्य क्षेत्रको विकास र प्रचारप्रसार गर्न राज्यलाइ अनुरोध गर्ने निर्णय पनि गरेको छ । सौराहमा बैठक सम्पन्न भएपछि पोखरा, चितवन र नवलपरासीका पत्रकारविच छलफल पनि सम्पन्न भयो । डबैठकमा महासंघ कास्कीको कार्यसमिति र सल्लाहकारद्धय वद्रीविनोद प्रतिक र नारायण कार्कीको उपस्थिति रहेको थियो । महासंघ कास्कीको बैठक पछि चितवन तथा नवलपरासीका पत्रकारविच पत्रकारिताको चुनौती तथा अवसरका विषयमा अन्तरक्रिया भएको हो ।
Comments are closed.