देश यतिबेला कतै सिमाङ्कनका नाममा त कतै धर्मको नाममा भैरहेको आन्दोलनले आक्रान्त बनेको छ । संविधान निर्माणको अन्तिम चरणमा अहिले पश्चिममा अखण्ड प्रदेशको मागसहित ठूलो आन्दोलन भैरहेको छ जसमा ३ जनाले ज्यान गुमाइसकेका छन् । हिन्दु राज्य माग गर्दै एकथरीले आन्दोलन गरीरहेका छन् भने एकथरीले धर्म निरपेक्ष नै हुनुपर्ने भन्दै आन्दोलन गरिरहेका छन् । दलिद समुदायले पनि आफ्नो माग शुनिश्चित नभएको भन्दै आन्दोलन जारी राखेको छ ।
यसैक्रममा बिहीबार पोखरामा पनि धर्म निरपेक्षता नै कायम राख्नुपर्ने मागसहित र्याली लिकालिएको छ । धर्म निरपेक्ष सरोकार समितिले अाज बिहीबार र्याली निकालेर नेपाल धर्म निरपेक्ष देश भएको र यसको विकल्प नरकेको बताएको छ ।
संविधान निर्माणको अन्तिम तयारी भैरहेका बेला देशमा भैरहेको प्रदर्शन र आन्दोलनले देशलाई उल्टो दिशा धकेलिरहेको छ । यसतर्फ सबै राजनीतिक दलले ध्यान पुर्याएर देशमा द्वन्द्व हुनवाट बचाउनुपर्छ अन्यथा देश झनै विकराल समस्यामा फस्दै जाने निश्चित छ ।
तस्विरः सञ्जय शाक्य
Comments are closed.