पोखरा ५ चैत / एकिकृत नेकपा माओबादीका नेता वर्षमान पुन अनन्तले ३० दलिय माेर्चा अान्दाेलनमा जानु रहर नभएर बाध्यता भएकाे बताएका छन् । क्रान्तिकारी पत्रकार संघ कास्कीले बिहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै नेता पुनले सत्ता पक्षलाइ बल मिच्याइ गरेर प्रक्रियामा जान खोजेकोका कारण अान्दाेलनमा जानु परेकाे बताएका हुन् ।
तर, विगतका सहमतिलाई आत्मसाथ गदै संविधान बन्ने ग्यारेन्टी भए आन्दोलन रोकिन सक्ने उनकाे भनाइ थियाे । विगतका सम्झौता अनुसार ३० दलिय मोर्चा लचक भएर प्रस्तुत भएपनि सत्तापक्षले मिच्न खाेजेकाे उनकाे दाबी थियाे । काँग्रेस र एमालेले बहुमतका नाममा विगतका सहमतिलाई लत्याउदै अगाडि बढेकाले आफुहरु बाध्य भएर आन्दोलनमा जानु परेको पुनले जिकिर गरे । ‘विगतका सहमतिलाई आत्मसाथ गर्दै सत्तापक्ष सकरात्मक भए आन्दोलन रोकेर बार्तामा आउन तयार छौ’, उनले भने ।
सत्तापक्ष देशकाे भविष्यप्रति चिन्तिन हुन नसकेकाे उनकाे गुनासाे थियाे । ‘सत्तापक्ष गम्भीर छैन् । बार्तामा गैहजिम्मेवार भएर प्रस्तुत भए, छलफलमा सहमति हुने खालका कुरै गर्दैनन् अनि अान्दाेलनकाे अर्काे विकल्प के हुन्छ’, उनले प्रश्न गरे । उनले काँग्रेस महाधिवेशनसम्म र एमाले आफ्नो प्रधानमन्त्रीको सुनिश्चितता नभएसम्म संविधानका विवाद टुङ्ग्याउने पक्षमा नभएको दावी गरे । ‘जनयुद्ध, जनआन्दोलनका उपलब्धिका आधारमा संविधान बनाउन चाहान्छौ’,उनले भने । सहमतिका नाममा आत्मसमपर्ण र सम्झौता गर्न नसकिने भन्दै सघर्ष र बार्तालाई संगसंगै लैजाने उनले जिकिर गरे ।
उनले जनयुद्धकालिन घटनालाई सर्वोच्च अदालतले अपराधिकरण गर्न गरेपछि र काँग्रेस एमालेले पेलेपछि बाध्य भएर माओबादीहरु एक ठाँउमा उभिएको बताए । क्रान्तिकारी पत्रकार संघ कास्कीका अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षतामा भएकाे सम्मेलनकाे सञ्चालन महेश खातीले गरेका थिए । तस्विर-सञ्जय शाक्य
Comments are closed.