अाराेपी छुटाउन काँग्रेस कास्कीको पार्टी कार्यालयमा ताला

पाेखरा ३ भदाै/ नेपाली काग्रेस कास्कीका नेता रामजी पौडेल बादलको हत्या आरोपमा पक्राउ परेकालाई छुटाउन जिल्ला नेतृत्व लागेको भन्दै कार्यकर्ताले कास्की काग्रेस पार्टी कार्यालयमा तालावन्दी गरेका छन् । पौडेलको हत्यारालाई बचाउन कांग्रेस संस्थापन पक्षका नेताहरु नै लागेको आरोप लगाउँदै उनीहरुले तालाबन्दी गरेका हुन् । लेखनाथबाट पोखरा पुगेका बादल समर्थक कार्यकर्ता र आफन्तले काग्रेसको स्थानीय नेतृत्व विरुद्ध नारावाजी गर्दै पार्टी कार्यालयको दुवै तर्फको प्रवेश द्धार सहित च्यानल गेटमा समेत तालाबन्दी गरेका छन् । तालाबन्दी पछि उनिहरुले स्वर्गिय पौडेलको तस्विर ढोकामा झुण्डाएका छन् ।

उनीहरुले निश्पक्ष छानविन समिति गठन गर्न माग समेत गरेका छन् । मृतक बादलका आफन्त गोपीराज पौडेलले संस्थापन पक्षका नेताहरुले हत्यारालाई बोर्डर कटाएको सूचना प्राप्त भएको दाबी गरे । Nepali-Congressगुटलाई कमजोर पार्न आफ्नो दाजुको हत्या भएको भन्दै उनले संस्थापन पक्षले अहिले पनि हत्याराको संरक्षण गरिरहेको आरोप लगाए । दाजु बादलको हत्यारालाई कारबाही गर्न दबाव दिनुको सट्टा पार्टी नेतृत्वले हत्याका योजनाकार भनेर पक्राउ गरिएका राजेन्द्रमणी लामिछानेलाई छुटाउन प्रहरी, प्रशासनलाई दवाब दिन थालेकाले पार्टी कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको बताए ।

कांग्रेसका जिल्ला स्तरका नेता पौडेलको गत साउन २८ गते राति आफ्नै कार्यकर्ताले हत्या गरेका थिए । हत्याको आशंका आरोपमा प्रहरीले कांग्रेसका लेखनाथ नगर सभापति राजेन्द्रमणी लामिछाने र तरुण दलका नेता राजु रानाभाटलाई पक्राउ परेका छ भने प्रकाश गुरुङ, रविन केसी र विश्वास गौतम फरार छन् ।ramji-badal1
यता नेपाली काग्रेस लेखनाथ नगरसमितिले नगरसभापति राजेन्द्रमणि लामिछाने निर्देाष रहेको भन्दै रिहा गर्न आग्रह गरेको छ । समितिका कार्यवहाक सभापति डम्वर बहादुर थापाद्धारा जारी विज्ञप्तीमा पौडेल हत्याका दोषीलाई कारवाही गर्न माग गर्दै, लामिछानेको विगत र उनको जीवन शैली अनुसार पनि उनी निर्दोष रहेको थापाद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।
पौडेलको हत्या भएको आठ दिन वितिसक्दा पनि हत्यारा पक्राउ पर्न सकेका छैनन् । कास्की प्रहरीले घट्नामा संलग्नहरुको खोजी कार्य भैरहेको जनाएको छ । घट्नामा आंशका गरिएका केही व्यक्तिहरु अझै पनि निर्धक्कताका साथ घुमफिर गरिरहेको भन्दै, आफन्तले आक्रोस पोखेका छन् ।

Comments are closed.