आँधीखोला गाउँपालिका को बजेट सार्वजनिक

भौतिक पूर्वाधार सँगै कृषि र रोजगारमा जोड

 

 

 पोखरा हटलाईन

 स्याङ्जा समाचारदाता

  असार १०,२०७७                                                                                

                                                          आँधीखोला  गाउँपालिकाले आर्थिक वर्ष २०७७।७८ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ ।गाउँपालिका उपाध्यक्ष शर्मिला देवी ४६ करोड ६ लाख ६० हजार बराबरको बजेट गाउँसभामा पेस गर्नुभएको छ भौतिक पूर्वाधारका कामहरू तीव्र गतिमा सञ्चालन भइरहेको स्याङ्जाको आँधीखोला गाउँपालिकाले पूर्वाधारको विकास मात्रै नभएर कोरोना महामारीको रोकथामनियन्त्रणउपचार तथा क्वारेन्टाइन व्यवस्थापन को साथै रोजगार विहीन नागरिकहरूलाई लक्षित गरी रोजगार र कृषिमा जोड दिदैँ आर्थिक वर्ष २०७७/७८ को नीति कार्यक्रम तथा वजेट सार्वजनिक गरेको छ ।

कृषि उद्योग पर्यटन एवम् श्रम मार्फत रोजगार सिर्जना गर्न रु ३ करोड ३४ लाख वजेट छुट्याएको छ । कुल बजेटको ४० प्रतिशत अर्थात् करिव १७ करोड वजेट भौतिक पूर्वाधार क्षेत्रमा विनियोजन गरेको आँधीखोला गाउँपालिकाले आगामी आर्थिक वर्षको सुरुवातमै सुविधा सम्पन्न प्रमुख प्रशासकिय भवनको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ । पूर्वाधार विकासको वजेट मध्ये सबै वडा कार्यालय सम्म पुग्ने बाटो स्तरउन्नती एवम् पिच गर्ने नीति तथा कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिकाको वडा न ४ मा रहेको सेपत बाङ्सिङ पञ्चासे सडकको स्तरउनन्तीको लागि बहुवर्षिय कुल रु १० करोड मध्ये आगामी आर्थिक वर्षको लागि रु ४ करोड बजेट विनियोजन भएको गाउँपालिकाको उपाध्यक्ष शर्मिला देवी पौडेलले जानकारी दिनुभयो । वडा न १ पञ्चमुल सिरुवारी जोड्ने सडक र वडा न ३ मा फुलबारी पुवाँडाडा सडक खण्डको स्तरउन्तीको काम हाल तिव्र गतिमा भइरहेको छ भने वडा न २ को वडा कार्यालय जोड्ने सडकको स्तरउन्नती तथा पिचको काम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । वडा न १ र ३ मा नयाँ वडा कार्यालय भवन बनि सकेको छ भने हाल वडा न ४ मा काम भइ रहेको छ । त्यस्तै आगामी आर्थिक वर्ष वडा न २ को वडा कार्यालय भवन निर्माण गर्न वजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । त्यस्तै अत्याधुनिक सुविधा भएको सपिङ कम्प्लेक्स सहितको बहुउद्देशिय सभाहल सम्पन्नको अन्तिम चरणमा रहेको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको कूल बजेट मध्ये चालुतर्फकोआर्थिकसामाजिक,सांस्कृतिक,सामाजिकसुशासनन्याय तथा समानतालैङ्गिक तथा समावेशिकरण एवं कार्यालय संचालन तथा प्रशासनिक तर्फ रु ७ करोड ३७ लाखपुजीँगत खर्च तथा पूर्वाधार विकासनिर्माण तर्फ रु १८ करोड ५५ लाख र शशर्त कार्यक्रम तर्फ २० करोड १४ लाख वजेट विनियोजन गरेको गाउँपालिकाको उपाध्यक्ष शर्मिला देवी पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिकाको शिक्षा क्षेत्रमा कुल वजेटको ३३ प्रतिशत अर्थात् १४ करोड ५० लाख वजेट बिनियोजन गरेको छ भने स्वास्थ्य तर्फ ३ करोड २८ लाख वजेट विनियोजन गरेको छ । नीति तथा कार्यक्रममा प्रस्तुत भएका गौरवका आयोजनाहरूलाई पूर्ण रुपमा सम्पन्न गर्ने वजेटले लक्ष्य लिएको छ। कोरोना रोकथाम, नियन्त्रण र उपचार एवम् क्वारेन्टाइन व्यवस्थापनको लागि रु ४० लाख बजेट विनियोजन गरेको छ । श्रमिकको लागि काम तथा रोजगारीको लागि ८१ लाख ९२ हजार बजेट विनियोजन गरेको छ । सिंचाइ खानेपानी काठेपोल विस्थापन लगायत सामाजिक न्याय र समानतासमावेशिकरण,आर्थिकसामाजिक सास्कृतिक क्षेत्रको विकासमा वजेटले जोड दिएको छ । नीति तथा कार्यक्रम र बजेट आज नै पारित भएको छ ।

Comments are closed.