‘आइ २० इलाइट’ र ‘एक्टिभ आइ २०’ गाडी पोखरामा

पोखरा ८ साउन/ लक्ष्मी हुण्डाइले पोखरामा नयाँ मोडलका गाडी भित्राएको छ । कोरियन कार निर्माता कम्पनी हुण्डाइले उत्पादन गरेको ‘इलाइट आई २०’ र ‘आई २० एक्टिभ’ नामका दुई गाडी बिहीबार पोखरामा सार्वजनिक गरिएको हो । दुवै मोडलका गाडी कारका पारखीहरुका लागि उपयुक्त र सुविधाजनक रहेको कम्पनीका सुनिल श्रेष्ठले जानकारी दिए । यी दुई मोडलका गाडी मध्यवर्गीय उपभोक्तालाई लक्षित गर्दै पोखरामा ल्याइएको तर उच्च बर्गका उपभोक्तको पनि उच्च रोजाईमा पर्न सक्ने विश्वास लिएको श्रेष्ठले दाबी गरे । भारतीय बजारमा बढी रुचाइएको गाडी पर्ने नयाँ मोडलका गाडीले पोखरेली बजारमा पनि लोप्रिय हुने कम्पनीले विश्वास लिएको छ ।
आइ २० डिजाइनको गाडीकोे बाह्य र भित्रि बनावट निकै आकर्षक रहेको छ । भारतीय बजारमा सन् २०१४ अगष्ट १ तारिखमा सार्वजनिक गरिएको यो गाडी ११ महिनामा १ लाख युनिट बिक्री भएको थियो । भारतीय बजारमा यसले सर्वाधिक सफलता पाएको कम्पनीले बताएको छ ।Hyundai Car launching  Photo By Sudarshan Ranjit (1) (1)
इलाइट आइ २० स्पोर्टी लुक्समा उपलब्ध छ । यो प्रिमियम ह्याचब्याक कार हो । आकर्षक स्पोर्टी आवरणयुक्त यो गाडी सुन्दर रङहरु तथा परिष्कृत डिजाइनमा निर्माण गरिएको छ । यसमा १२ सय सीसीको कापा डुअल भीटीभीटी पेट्रोल इञ्जिन जडान गरिएको छ । गाडीमा अगाडी तथा पछाडी एसी जडान रिएको छ । यसमा यात्रा गर्ने यात्रुहरुले विलासीताको अनुभुती गर्ने बताइएको छ ।
यसमा अटोमेटिक हेडल्याम्प राखिएको छ । जुन लाइट अँध्यारोमा गाडी पार्किङ गरेपछि अटोमेटिक ३० सेकेन्डसम्म बल्छ । यसले सवारी चालकलाई अँध्यारोमा हिँड्नका लागी सहज बनाउने छ । गाडीमा अटोमेटिक मिरर छ । जुन पार्किङ गर्दा लक भएर बसेको हुन्छ । चालक तथा यात्रु गाडी नजिक जाँदा अटोमेटिक खुल्छ । मिररले मानिसलाई स्वागत गरेको अनुभूती दिलाउँछ ।
इलाइट आइ २० को विन्डोमा सेन्सर जडान गरिएको छ । यसका साथै गाडीमा पार्किङ सेन्सर, स्टेरिङ गाइड लाइन, अँध्यारोमा स्टेरिङ पुरै घुमाउँदा छेउको लाइट बाल्न मिल्ने, सुरक्षाका लागि २ वटा एयरब्याग राखिएको छ । गाडीको डोरमा अटो लक अनलक सुविधा छ । यो गाडी भारतमा सार्वजनिक गरेको २० दिनमा १५ हजार ३ सय बुकिङसहित ७९ हजार २ सय बढी ग्राहकबाट सोधपुछ भएको थियो ।
आइ २० इलाइट हुन्डाइका उत्पदनमध्येमा सबैभन्दा बढी बुकिङ हुने कार हो । यो कार सन् २०१४ मा भारतीय बजारमा १ लाख ५ हजार थान बिक्री भएको थियो । यती संख्यामा अहिलेसम्म कुनै ब्रान्डको गाडी बिक्री भएको छैन ।
इलाइट आइ विभिन्न कलरमा उपलब्ध छ । नेपाली बजारमा यसको मूल्य २७ लाख ९६ हजार रुपैयाँदेखि ३३ लाख ९६ हजार रुपैयाँसम्म पर्छ । इलाइट आइ २० इराको मूल्य २७ लाख ९६ हजार, मेगनाको २९ लाख ९६ हजार, स्पोर्टज् ३२ लाख ५६ हजार र आस्ता ३३ लाख ९६ हजार रुपैयाँ पर्छ ।Hyundai Car launching  Photo By Sudarshan Ranjit (5)
यसैगरी आइ २० एक्टिभा पनि प्रिमियम ह्याचब्याक कार हो । आकर्षक डिजाइनमा रहेको यो कार पेट्रोल ९१.२ लि. र डिजेल ९१.४ लि. इञ्जिनमा उपलब्ध छ । पेट्रोलमा ५ स्पीड म्यानुअल गियर छ भने डिजेलमा ६ स्पीड म्यानुअल गियर छ । यसमा अगाडि पछाडि एसी जडान गरिएको छ । बाह्य तथा आन्तरिक डिजाइनमा विशेष ध्यान दिइएको यो गाडी कार पारखीका लागि वरदान सावित हुने कम्पनीको दाबी छ ।
स्पोर्टी लुक्समा रहेको आइ २० एक्टिभमा हाइटेक हेडल्याम्प जडान गरिएको छ । हेडल्याम्पमा अटो लाइट फङ्सन छ, जुन अँध्यारोमा अटोमेटिक बल्छ । यसले अँध्यारोमा गाडी पार्किङ गरेर हिँड्न सहज बनाउने छ ।
यो कार राजमार्गमा चलाउन उपयुक्त रहेको कम्पनीले जनाएको छ । ‘हुन्डाइले आफ्ना ग्राहकलाई सधै उच्च स्थानमा राखेको छ’ लक्ष्मी समूहका अध्यक्ष श्रेष्ठले भने– ‘विश्वप्रसिद्ध प्रविधिका माध्यमबाट विकसित आइ २० एक्टिभले नयाँपन र आधुनिक प्रविधि चाहने उपभोक्तालाई सन्तुष्टी प्रदान गर्ने छ ।’
आइ २० एक्टिभाको मूल्य नेपाली बजारमा ३२ लाख ५६ हजारबाट सुरु भएर ४३ लाख ५६ हजार रुपैयाँसम्म पर्छ । पाँच भेरियन्टमा उपलब्ध आइ २० एक्टिभा एक्स डिजेलको ४३ लाख ५६ हजार, एस डिजेलको ४० लाख ५६ हजार, बेस डिजेलको ३७ लाख ५६ हजार, एस पी को ३५ लाख ५६ हजार र बेस पीको ३२ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

Comments are closed.