पोखरा, २५ वैशाख-
यही वैशाख १२ गते आएको विनाशकारी भुकम्पबाट स्थगीत भएकोे मनकामना केवलकार आईतबारदेखि पुनः संचालनमा आउने भएको छ ।
भुकम्पबाट मन्दीरमा केहि क्षेत्रि भएकोले हाल मन्दीर निमार्णसंगै भक्तजनहरुको माग अनुसार उक्त केवलकार आईतबार देखि नै संचालन गर्ने निर्णय गरेको पोखरा मनकामना दर्शन प्रा.लि. पोखरा शाखाका संचालक राजेश गुरुङले बताए ।
हाल मन्दीर निमार्ण कार्य भईरहेकोले मनकामना मन्दीर दर्शन गर्नको लागि भक्तहरुको लागि मन्दीर बाहिरबाटै पुजाआज गर्ने व्याबस्था समेत मिलाएको गुरुङले जनाए । उक्त मन्दीरमा दर्शन गर्न स्वदेश तथा विदेशबाट दैनिक जसो सयौंको सङख्यामा आउने गर्दछन ।
हिन्दुहरुको धार्मिक आस्थाको केन्द्र गोर्खाको मनकामना मन्दिर समयमै जिर्णोद्वार नहुदाँ अघिल्लो शनिबार आएको भुकम्पको कम्पनले केही भाग ढल्केको छ ।
Comments are closed.