आकाशबाट धमिलो पानी , मर्न थाले पशुहरु

काभ्रे । काभ्रेको मण्डनदेउपुरमा परेको पानी खुवाएका गाई भैँसी मर्न थालेका छन् । पानीको समस्या रहेको मण्डनदेउपुरमा केहि दिन अघि आकाशबाट परेको धमिलो पानी संकलन गरेर खुवाउँदा गाई भैंसी मर्न थालेका हुन् ।स्थानीय नारायण श्रेष्ठको एउटा भैंसि मरेको र अरु २ वटा पाडापाडीहरु विरामी परेकाले औषधि चलाइएको छ । गाई भैंसी बिरामी परेपछि पशु चिकित्सकले गरेको जाँचमा आकाशबाट परेको धमिलो पानी खुवाएकाले भैंसी मरेको पत्ता लागेको थियो ।पशुपालनका लागि जिल्लामै प्रख्यात मण्डनदेउपुर नगरपालिकाका ७० प्रतिशत भन्दा धेरै कृषकहरु पशुपालनमा सक्रिय छन् । केहि दिन यता आकाशबाट परेको पानी पनि धमिलो देखिएको छ । यही असार १ गते शुक्रबार पनि देशभरि नै धमिलो पानी परेपछि सबै जना अचम्ममा परेका छन् ।

Comments are closed.