आङ साङ सुकीमाथि गोपनीयतासम्बन्धी कानुन उल्लंघनको अभियोग

२० चैत, काठमाडौं । म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीमाथि गोपनीयतासम्बन्धी कानुन उल्लंघनको अभियोग लगाएको छ । सेनाले सुकीमाथि लगाएको यो अहिलेसम्मकै गम्भीर अभियोग मानिएको छ ।
फेब्रुअरी १ मा सेनाले शासन हातमा लिएपछि पक्राउ परेकी सुकीलाई सैनिक सरकारले विभिन्न अभियोग थप्दै मुद्दा चलाउँदै आएको छ, उनलाई कहाँ राखिएको छ भन्ने पनि खुलाइएको छैन । सुकीलाई अदालतमा पनि भिडियोमार्फत मात्र उपस्थित गराउने गरिएको छ ।

अहिले सुकीमाथि लगाइएको नयाँ अभियोगमा दोषी ठहर भए उनलाई १४ वर्षसम्म जेल सजाय हुन्छ । यसअघि सुकीमाथि ६ लाख डलर नगद र ११ किलो सुन घुस लिएको आरोप लगाइएको थियो । उनलाई यसअघि नै प्राकृतिक संकट कानुनको अवज्ञा गरेको र अनधिकृतरुपमा वाकीट्वाकी प्रयोग गरेको अभियोग पनि लगाइएको थियो ।
। अनलाइनखबर0

Comments are closed.