१,आचारसंहिता उल्लंघन गरेकोमा लामिछानेविरुद्ध कांग्रेसको उजुरी, नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रुवराज पोखरेलले लामिछानेको उम्मेदवारी खारेजीको माग ।
२,प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै समाजवादी मोर्चा गठन गर्ने घोषणा, समाजवादी मोर्चामार्फत नै कम्युनिष्ट ध्रुवीकरण सुरु हुने ।
३,नेकपा ९एमाले०बाट प्रदेश गण्डकी प्रदेशसभा सदस्य बनेका नेता खगराज अधिकारीको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकार ढल्यो, प्रदेश सरकारमा काँग्रेसले निभाएको भूमिकामा आफू सन्तुष्ट रहेको उनको भनाइ
४,गण्डकी प्रदेशस्तरिय राष्ट्रपति कपको तयारी पुरा, बैशाख ११ र १२ गते सुरु हुने ।
५,बाजुरामा गयो भूकम्प, आइतबार बाजुराको कुल्देवमान्डौ आसपास केन्द्रविन्दु भएर ४।१ म्याग्निच्युडको भूकम्प ।
६,आइतबार मटिहानी नगरपालिका वडा नं ६ स्थित जरलहवा गाछी बस्तीमा आगलागी हुँदा १० घर जले, आगलागीबाट करिब २५ लाख मूल्य बराबरको सर–सामान जलेर नष्ट
७,पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रिय संक्रमितको संख्या ३७० जना पुगेको छ भने संस्थागत आईशोलेशनमा २२ जना, आईसीयूमा ३ जना र भेन्टिलेटरमा १ जना उपचाररत
८,शेयर बजारमा दोहोरो अङ्कको गिरावट, यो साता कारोबारको पहिलो दिन नेप्से परिसूचक १८ दशमलव ८० अङ्कले घटेर एक हजार आठ सय ८५ दशमलव ६० अङ्क ।
९,दोस्रो विश्वयुद्धमा प्रयोग भएको जापानी जहाज ८० वर्षपछि फेला, पानी जहाजमा एक हजारभन्दा बढी यात्रु सवार रहेको जानकारी ।
१०,एसीसी प्रिमियर कप अन्तर्गत युएईले सिंगापुरलाई २०१ रनको फराकिलो अन्तरले पराजित,युएईले दिएको ४७२ रनको लक्ष्य पछाएको सिंगापुरले ५० ओभरमा ९ विकेट गुमाउदै २७० रन बनायो ।
Comments are closed.