काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ।
बिहीबार बिहान देशका पहाडी भू-भागमा आंशिक रहेको छ । त्यस्तै, देशका बाँकी भू -भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा भने आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, देशका बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। त्यस्तै, कोशी, बागमती, गण्डकी र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन(चट्याङ्गसहित क्षणिक(हल्का वर्षाको सम्भावना रहेको छ ।
बिहीबार राति भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू(भागमा भने मौसम सामान्यतया सफा रहने छ।
त्यस्तै, कोशी र गण्डकी प्रदेशको पहाडी भू(भागका केही स्थानमा मेघगर्जन(चट्याङ्गसहित क्षणिक(हल्का वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।
Comments are closed.