आजदेखि देशभरका अस्पतालमा ओपिडी सेवा बन्द

पोखरा १८ चैत । मेडिकल माफियाविरुद्ध १० दिनदेखि अनसनरत डा.गोविन्द केसीको समर्थनमा आजदेखि देशभरका स्वास्थ्य संस्थामा ओपिडी सेवा बन्द हुने भएको छ । केसीको मागप्रति सरकारले उदासिनता देखाएको भन्दै नेपाल चिकित्सक संघले आजदेखि मुलुकभरका स्वास्थ्य संस्थामा ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको हो ।

download

सरकारले माग नसुनेकाले ओपीडी बन्द गर्न बाध्य भएको बताउँदसंघका अध्यक्ष अञ्जनीकुमार झाले ४८ घन्टाभित्र मागको सुनुवाई नभए आकस्मिक सेवा पनि बन्द गर्ने चेतावनी दिएका छन् । केसीको समर्थनमा अहिले देशका विभिन्न ठाउँबाट नागरिक समाज, उद्योगी, विद्यार्थी तथा विभिन्न संघसंस्थाले समर्थन जनाइरहेका छन् । डाक्टर केसी अनशनरत काठमाडौंको शिक्षण अस्पताल बाहिर स्वतस्फूत रुपमा केसीको समर्थनमा प्रदर्शन गरीरहेका छन् ।पूर्व सहमति विपरीत सरकरले नीति र कानुन नबनाईकनै केही मेडिकल कलेजलाई स्विकृति दिने प्रक्रिया अगाडि बढाएपछि डा.केसी पाँचौ पटक आमरण अनसनमा बसेका छन् ।

माग सम्बोधनमा सरकार लचिलो

सरकारले अनसनरत प्रा.डा. गोबिन्द केसीको माग बमोजिम तत्काल मेडिकल कलेजलाई सम्बन्धन नदिने निर्णयमा पुगेको छ । केसीको अनसन तोडाउन सरकार उनको प्रमुख माग सम्बोधन गर्न तयार भएको हो ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रा.डा.केदारभक्त माथेमाको संयोजकत्वमा गठित शिक्षा सम्बन्धी कार्यदलले प्रतिवेदन नबुझाएसम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिने निष्कर्षमा पुगेको हो ।

बैठकले सरकारका तर्फबाट डा. केसीसँग वार्तामा रहेको मुख्य सचिव लिलामणि पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेलको टोलीलाई सम्पूर्ण अख्तियारी दिएको छ । सिंचाई मन्त्री एनपी साउदले केसीले उठाएको केही व्यक्तिको राजीनामा बाहेकका विषयमा सहमति गर्न वार्ता टोलीलाई अधिकार दिइएको बताए ।

Comments are closed.