पोखरा १२ बैशाख/ लोडसेडिङका कारण समस्या झेलिरहेका नेपाली नागरिकले आजदेखि भने केही राहत पाउने भएका छन् । हालसम्म दैनिक आठ घण्टासम्म लोडसेडिङको मार खेपिरहेको समयमा आजदेखि भने बढीमा सात घण्टामात्रै त्यो समस्या व्यहोर्नुपर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको हो । प्राधिकरणले शुक्रबार लोडसेडिङको नयाँ तालिका समेत प्रकाशन गरेको छ ।
हाल विद्युतको माग १२ सय मेगावाट छ । प्रणाली सञ्चालनमा अझै साढे पाँच सय मेगावाट विद्युत अपुग छ । केही दिन यता लगातार पानी परिरहँदा नदीमा पानीको सतह बढेकाले लोडसेडिङ घटाईएको हो । साथै कुलेखानी लगायतका ठूला जलविद्युत आयोजनामा पानीको सतह बढेपछि लोडसेडिङ घटाउन सकिने भएको प्राधिकरणको भनाई छ ।
Comments are closed.