२३ औं संस्करणको पोखरा सडक महोत्सवको तयारी पुरा भएको छ ।२३ औं संस्करणको पोखरा महोत्सव सुरु हुँदैछ।
रेष्टुरेष्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले आयोजना गर्ने यस संस्करणको महोत्सवको उद्घाटन नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडले गर्दैछन्।
बाजागाजासहित उद्घाटन गरिने कार्यक्रममा २५ भन्दा बढी साँस्कृतिक समूहको सहभागिता रहनेछ।
महोत्सवस्थलमा ३० भन्दा बढी हस्तकलाको स्टल रहनेछ। ३ दिनसम्म चल्ने महोत्सवमा कोमागानेपार्कभित्र हुने कार्यक्रमका लागि भने टिकट शुल्क लाग्नेछ। दिउँसोको लागि ५० रुपैया र बेलुका कन्सर्टको लागि १ सय रुपैयाँ प्रवेश शुल्क लाग्नेछ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, डुंगा दौड, ह्वीलचियर दौड, वेटर रेस, टग अफ वार जस्ता प्रतियोगितात्मक आकर्षणहरु रहनेछन्।
महोत्सव अवलोकनमा आउनेहरुको सहजताका लागि रात्रिकालीन बस सेवाको पनि व्यवस्था हुनेछ। यसपटकको महोत्सवमा पनि अघिल्लो पटकको जस्तै हेल्थ प्रोटोकललाई विशेष ध्यानमा राखिने छ। यसका लागि विभिन्न स्थानमा हेल्थ डेष्क, मास्क तथा स्यानिटाइजर जस्ता सुरक्षाका उपायहरु अपनाइने छ।
महोत्सवमा आउने अवलोकनकर्तालाई निशुल्क कोरोनाविरुद्धको फाइजर खोप दिइनेछ। कास्की जिल्ला प्रशासन र पोखरा महानगरसँगको समन्वयमा महोत्सवमा आउनेलाई निशुल्क खोप लगाउने व्यवस्था गरेको हो।
कोभिड हेल्थ प्रोटोकललाई ध्यान दिदै, पोखरा खुल्लैछ भन्ने सकरात्मक सूचना प्रवाह गरि पर्यटन प्रवद्र्धन साथसाथै पोखरालाई “अंग्रेजी नयाँ बर्षको गन्तव्य स्थलको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले सडक महोत्सव आयोजना गर्न लागिएको आयोजक रेबान पोखराले जनाएको छ ।
Comments are closed.