पोखरा १ बैशाख । आजबाट नेपाली नयाँबर्ष विक्रम सम्वत् २०७२ साल सुरु भएको छ । सुख, शान्ति, समृद्धिको कामना गर्दै एक आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँबर्ष मनाईंदैछ । नयाँबर्षको अवसरमा विभिन्न पर्यटकीय स्थलहरूमा बिहानैदेखि चहलपहल बढेको छ । देश विदेशमा रहेका नेपालीहरू सुख, शान्ति र समृद्धिको कामना गर्दै आपसमा भेटघाट र रमाइलो गरी नयाँबर्ष मनाइरहेका छन् ।
विगतमा भएका कमी कमजोरीको समीक्षा गर्दै आगामी योजना बनाउने, नयाँ नयाँ कामको थालनी गर्ने दिनका रूपमा नयाँबर्ष मनाउने परम्परा छ । नयाँबर्षकै अवसरमा पोखरामा १२ औं फेवा नवबर्ष महोत्सव भैरहेको छ । गएराती महोत्सवस्थल फेवाताल किनारामा अबेरसम्म कन्सर्ट तथा कार्यक्रम आयोजना गरियो । महोत्सव भोली बुधबार सकिँदैछ । नयाँबर्षको अवसरमा हामी हाम्रा सम्पूर्ण पाठक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
Comments are closed.