आज असार १५

पोखरा, १5 असार
आज असार १५ । मुठी रोपेर मुरी उब्जाउने असारको यो दिनलाई नेपाली किसानहरुले हिलो खेल्दै, दही चिउरा खाँदै र धान रोप्दै मनाउने परम्परा छ । आजको दिन रोपाईं गरी दही चिउरा खानाले गति परिने विश्वासका साथ आफ्नो खेतीपाती नहुनेहरु पनि अरुको खेतमा रोपाईं गरी हिलो छ्यापेर रमाइलो गर्छन् । कृषि प्रधान देश भएकाले पनि आजको दिनलाई धान दिवसको रुपमा मनाउने गरिएको छ । आज धान, खाद्य सुरक्षाको वरदान भन्ने नाराका साथ ठाउँठाउँमा औपचारीक कार्यक्रम हुँदैछन् । आज एक दिन हिलोमा टेक्नुपर्छ भन्ने नेपाली परम्परा रहेको छ । यही परम्परालाई निरन्तरता दिदै कास्कीका विभिन्न ठाउँमा रोपाई कार्यक्रम हुँदैछन् । पर्यटकीय क्षेत्र पोखरामा विगत एक दशकदेखि असारे रोपाई महोत्सव हँुदै आएको छ । यसपटक पोखराका विभिन्न ३ ठाउँमा रोपाईं महोत्सव हुँदैछ । पोखरा पर्यटन परिषद्को आयोजना तथा पोखरा उद्योग वाणिज्य संघको प्रर्वद्धनमा पोखरा १७, विरौटा रामेश्वर मार्ग राममन्दिर अगाडि समशेरबहादुर पौडेलको ११ रोपनी खेतमा, नागेश्वर कृषि सहकारी संस्था बाँझापाटनको आयोजनामा काहुँखोलामा र शिवालय मन्दिर संरक्षण समिति बाच्छेबुडुवाको आयोजनामा वात्सायन वृद्धाश्रम वरिपरी रोपाईँ महोत्सव आयोजना हुन लागेको हो ।Tourists-enjoying-at-Ropai-mahotsav-in-Pokhara-2071-2

 

 

 
पोखराका विभिन्न ठाउँमा रोपाईं महोत्सव

असारे पन्ध्रको अवसरमा मंगलबार कास्कीका विभिन्न ठाउँमा रोपाई महोत्सव हुँदैछन् । पर्यटकीय क्षेत्र पोखरामा विगत एक दशकदेखि असारे रोपाई महोत्सव हँुदै आएको छ । यसपटकको महोत्सव पोखरा १७, विरौटा रामेश्वर मार्ग रामन्दिर अगाडि समशेरबहादुर पौडेलको ११ रोपनी खेतमा आयोजना हुनेछ ।
यसैगरी, महिलाहरुको सक्रियतामा खुलेको नागेश्वर कृषि सहकारी संस्था बाँझापाटनले काहुँखोलामा रोपाईँको कार्यक्रम गरेको छ । असार १५ तथा धान दिवसमा गएका बर्षहरुमा पनि विभिन्न कार्यक्रम गर्दै आएको सहकारीले यसपटक पनि भव्य रुपमा मनाउन लागेको जनाएको छ ।
यसैगरी, शिवालय मन्दिर संरक्षण समिति बाच्छेबुडुवाले पनि वात्सायन बृद्धाश्रम वरिपरी रोपाईँ कार्यक्रमको आयोजना गरेको छ ।
आन्तरिक तथा बाह्य पर्यटक प्रर्वद्धन गर्ने उद्देश्यले पर्यटन व्यवासायीहरुको छाता संगठन पोखरा पर्यटन परिषद्को आयोजना तथा पोखरा उद्योग वाणिज्य संघको प्रर्वद्धनमा यसपटक पनि रोपाई महोत्सव हुँदैछ । परिषदले यो १२ औं रोपाईँ महोत्सवका रुपमा मनाउन लागेको हो ।
रोपाई महोत्सवमा सहभागि हुन विभिन्न देशका ६० पर्यटक पोखरा आएको पोखरा पर्यटन परिषद्ले जनाएको छ । असारे महोत्सवमा सहभागी हुनकै लागि अघिल्ला वर्षमा पर्यटक आउने गरेको भएपनि गत बैशाख १२ र २९ गते गएको शक्तिशाली भूकम्पका कारण पर्यटक अपेक्षाकृत नहुने भएका छन् । बाह्य पर्यटकलाई पोखरा ल्याउने विभिन्न संघसंस्था, राजदुतावाससंग समन्वय गरिएको परिषद्का अध्यक्ष सोम थापाले बताए । विनासकारी भूकम्पले पर्यटन क्षेत्रमा असर न¥पुयाएको र पोखरा सुरक्षित रहेको सन्देश दिन महोत्सव सार्थक हुने आयोजकले विश्वास व्यक्त गरेको छ ।
महोत्सवमा पछिल्लो सयम अधिकांश युवा पुस्ताले कृषि प्रणालीमा चासो घट्दै गएको र उनीहरुलाई धानखेतीको महत्वको बारेमा जानकारी दिलाउन असारे रोपाई महोत्सवलाई निरन्तरता दिइएको दावी आयोजकको छ । हिलोमा एक पटक पाइला टेक्नै पर्ने मान्यता नेपालीहरुको रहेको छ । त्यही मान्यतालाई निरन्तरता दिन पोखरामा असारे रोपाईं महोत्सव आयोजना गर्ने गरिएको दावी समेत आयोजकको छ ।
‘पोखरा र यसको वरिपरी भएका खेतीयोग्य जमिनलाई संरक्षण गर्दै लैजाने, कृषकहरुलाई आफ्नो पेशाप्रति उत्प्रेरित गर्नु पनि मेलाको उद्देश्य हो’ उनले भने, ‘यसले पोखरामा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्न सघाएको छ ।’ महोत्सवमा साउने, असारे गीतसंगै रोपाई, विदेशी र स्वदेशीबीच रस्साकस्सी, माछा समाउने, हिले दौड लगाएका प्रतियोगिता समावेश गरिएका छन् ।

 

Dhan ropai (1)
 

 

 

 

 

कास्कीमा तीस प्रतिशत मात्रै रोपाइँ

असारको दोस्रो साता लागिरहँदा कास्कीमा २५ देखि ३० प्रतिशत मात्रै रोपाईं सकिएको छ । ‘मानो रोपेर मुरी उब्जाउने’ समयमा मनसुन भरर्खर मात्र सुरु भएकाले सिँचाइ सुविधा नपुगेको र आकासे पानीको भरपर्ने टारी खेतमा भने अझैँ रोपाइँ सुरु भएको छैन । नहरबाट सिँचाइ सुविधा पुगेका बिरुवा, कुँडहर, लेखनाथ, पामे, ठूलाखेत, अर्मला, भलाम, शिशुवा, आर्वा, हेम्जा, प्रस्याङ, भरतपोखरी र सार्दीखोलाका फाँटमा अहिले मिसानलाई रोपाईँ गर्ने माचो छ ।
ढिलो गरि मनसुन सुरु भएको र कतिपय खेतमा अझै चैते धान काट्नै बाँकी रहेकाले धान रोपाईमा ढिला भएको जिल कृषि विकास कार्यालय कास्कीका सूचना अधिकारी नारायणजङ्ग खत्रीले जानकारी दिए । गत वर्ष जिल्लामा धान उत्पादनमा ५.१५ प्रतिशतले वृद्धि भएको कार्यालयका सूचना अधिकारी नारायणजङ्ग खत्रीले बताए । कास्कीका ४३ गाविस र दुई नगरपालिकामा ८३.४५६ मेट्रिक टन धानउत्पादन भएको थियो । गत वर्ष ७९.२५६ मेट्रिक टन धान उत्पादन भएको थियो ।
जिल्लामा यसवर्ष वर्षे धान २५.५० हेक्टर र चैते धान ४५० हेक्टर क्षेत्रफलमा रोपिने कार्यालयले जनाएको छ । कास्कीमा उन्नत जातको धान लगाउने किसान बढ्दै गएको कृषि कार्यालयले जनाएको छ । कास्कीमा अहिले ५० प्रतिशतले उन्नत धान लगाउने बताइएको छ । उन्नत धानको विउमा सुधारिएको जेठो वुढोसँगै खुमल, मनसुली, सावित्री, राधा ७, झिनुवा, विरमफूल, पंहेले, गुर्दी, मार्सी जर्नेली, लुम्ले २ लगायतको धान लगाईँदै आएको छ । धानको बिऊको गुणस्तरियता हेरेर मात्र बिऊ राख्न कृषि विज्ञहरुले सुझाव दिएका छन् । किरा, पुत्ला नलागेकाबिऊ मात्र प्रयोग गर्न वा नजिकको कृषि सेवा केन्द्रको सहयोगमा बिऊ राख्नका लागि उनीहरुले किसानलाई आग्रह गरेकाछन् ।

रासायनिक मल पर्याप्त
देशका विभिन्न ठाउँमा किसानलाई धोन रोप्ने चटारोका बेला मलको अभावले हैरानी दिएको अवर आइरहेको भएपनि कास्कीमा पनि रासायनिक मल पर्याप्त छ । अहिले कास्कीका किसानलाई पुग्ने पर्याप्त रासायनिक मल रहेको कृषि सामाग्री केन्द्र पोखराले जनाएको छ । ‘कास्कीका किसानले मलको चिन्ता लिनुपर्ने अवस्था छैन’ केन्द्रका लेखापाल गोपालजंग गुरुङले भने ‘हामीसँग कास्कीका किसानलाई पुग्ने सबै मल छ । शहकारी मार्फत पठाइपनि सकेका छौं । आउने क्रम पनि जारी छ ।’

उनका अनुसार अहिले कृषि सामाग्री केन्द्रमा आइतबार मात्रै २१ टन डिएपी र त्यही परिणाममा पोटास मल आएको छ भने केन्द्रमा अहिले ९० टन युरिया मल रहेको छ । अन्य जिल्लामा मलको अभाव भएपनि कास्कीमा अभाव नभएकाले नआत्तिन उनले किसानलाई आग्रह गरे । कास्कीका करिब ६५ वटा सहकारीले मलको विक्री गर्नका लागि अनुमति लिएको भएपनि ४४ वटा सहकारी मार्फत मलको बिक्री वितरण हुँदै आएको छ । केन्द्र मार्फत डिएपी मल प्रतिकिलो ४७ रुपैयाँ ३२ पैसा, पोटास ३३ रुपैयाँ ३२ पैसा र र युरिया २० रुपैयाँ ३४ पैसाका दरले सहकारीले लैजाने गरेका छन् । त्यसमा ढुवानी खर्च जोडेर पाँच रुपैयाँ बढी लिएर सहकारीले विक्री गर्ने गरेको गुरुङले जानकारी दिए ।

Comments are closed.