आज इडिभीको नतिजा सार्वजनिक

safe_imageबैशाख २२ गते
संयुक्त राज्य अमेरिका सरकारले सन् २०१६ का लागि खुलाएको इडिभिको नतिजा अाज सार्वजनिक गर्दैछ । अमेरिकाले इडिभी भरेकाहरु मध्येबाट चिठ्टा प्रणाली मार्फत हरेक बर्ष झैं यसबर्ष पनि नतिजा सार्वजनिक गर्न लागेको हो ।
नेपालमा रहेको अमेरिकी दूतावासका अनुसार मंगलबार राती पौने १० बजेपछि इडिभीको नतिजा अनलाईनबाट हेर्न सकिनेछ । डिभिको नतिजा आधिकारिक वेबसाइट https://www.dvlottery.state.gov/बाट हेर्न सकिनेछ । त्यसका लागि डिभि फारम भर्दाको कन्फर्मेशन पेज मा भएको नम्बर लगायतका जानकारी भर्नुपर्नेछ ।

यसबर्ष पहिलो चरणमा विश्वभरिबाट १ लाख २५ हजारलाई छनोट गरिनेछ । छनौटमा परेकाहरुले दोश्रो चरणमा डि. एस. २६० को फर्म भरेर पठाउनुपर्नेछ र त्यसपछि इन्टरभ्यु अप्वाइनमेन्ट प्राप्त भैसकेपछि, लगभग अमेरिका जान पाईने निश्चित हुन्छ ।

यसपछि, मेडिकल रिपोर्ट, पुलिस रिपोर्ट, शैक्षिक योग्यता लगायतका मापदण्डमा योग्य ठहरिए अमेरिकी दूतावासले अन्तर्वाता पछि भिसा प्रक्रिया सुरु गर्छ । भिसा प्राप्त भैसकेका व्यक्तिहरु अमेरिका गई स्थाई रुपमा बसोबास गर्न पाउनेछन् । अमेरिकी विदेश मन्त्रालयले डिभिको नतिजा यसपटक पनि फोन वा ईमेलबाट नदिने बताएको छ ।

Comments are closed.