पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कणर्ाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको र केही ठाउँमा वर्षाको सम्भावना छ । प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ ।राति पनि सुदूरपश्चिम, कणर्ाली र गण्डकीमा वर्षा र हिमतपात हुनसक्ने आँकलन गरिएको छ ।हाल देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बिहीबार देशभर आंशिकदेखि सामान्य बदली भई देशका पहाडी भू-भागमा हल्का वर्षाका साथै उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना छ । आइतबारदेखि यो प्रणाली कमजोर हुँदै मौसममा क्रमिकरूपमा सुधार हुने देखिएको विभागले जनाएको छ ।
Comments are closed.