आज पोखरामा अरुणका गीत गुञ्जँदै

hqdefaultपोखरा ५ साउन/ थोरै गीत गाएर पनि चर्चा कमाउने गायक अरुण थापाको गीतहरु आज (मंगलबार) पोखरामा गुञ्जँदैछन् । ‘जति माया लाएपनि’ चोट केहो व्यथा केहो’ ‘ऋतुहरुमा तिमी’ जस्ता लोकप्रीय गीत आज उनको स्मृतिकै दिनमा सुन्न पाईने भएको हो । थापाको १७ औं स्मृति दिवसको अवशरमा पोखरेली युवा सांस्कृति परिवारले आज ‘अरुण थापा स्मृति कार्यक्रम’ गर्दैछ । पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा साँझ पाँच बजेबाट सुरु हुने कार्यक्रममा पोखराका गायक÷गायिकाहरुले उनको चर्चित गीत गाउने संस्थाका अध्यक्ष सुरेश रानाभाटले जानकारी दिए ।
अरुण थापाको ‘लाग्न थाल्यो जिन्दगी’ बोलको गीत पोखरेली युवा साँस्कृतिक परिवारको तर्फबाट पशुपति गुप्ताले गाउनेछन् । यसैगरी ‘दोष कसैलाई दिन’ बोलको गीत संगीत प्रशिक्षण केन्द्रका जय चापागाईँ, ‘जति माया लाएपनि’ जोजिजू म्यूजिक सेन्टर तथा स्कुलका विनित जोजिजू, ‘करोडौं मुटुहरुमा’ बोलको गीत त्रिबेणी संगीतालयको तर्फबाट प्रस्तुत हुने परिवारका संगीत संयोजक श्रीमान थुलुङले जानकारी दिए ।
यसैगरी थापाको चर्चित गीत ‘भुलुँभुलुँ लाग्यो मलाई’ तरना म्यूजिकका सूर्य गुरुङ, ‘चोट केहो, व्यथा केहो’ मेलोडी क्याफेका विनोद बानियाँ, ‘भुलेका कथा तितामीठा’ जे.ई म्यूजिकका प्रज्वल जोजिजू, ‘ऋतुहरुमा तिमी’ ओपन हाउसका धन गुरुङ, ‘आँखाको निँद’ कन्दरा ब्यान्डका विवेक श्रेष्ठ, ‘मेरो गीत तिमीलाई’ सेन्टर प्याइन्टका राम लिम्बु, ‘म रोए पनि’ गुरुकुल संगीत प्रशिक्षणका अनिल बि.क., ‘तिमी हेर्छौ भने’ अथिति कलाकारका तर्फबाट रामभक्त जोजिजू र ‘सम्झनाको जूनसँगै’ पोखरा कलाकार सांगीतिक संघका तर्फबाट गीत प्रस्तुत गर्ने आयोजकले जानकारी दिएको छ ।
वि.सं.२००९ साल माघ ११ गते बाबु गाजप्रसाद थापा र आमा शान्ति थापामगरको प्रथम सन्तानको रूपमा अरुण थापममगरको जन्म भारतको कलकत्ता स्थित नेपाली महावाणिज्य दुतावासमा भएको थियो । वि.सं. २०३० सालमा पोखरा आएर बसोबास गर्न थालेका गायक तथा संगीतकार थापाको पोखरासँग गहिरो सम्वन्ध गरेको कवि तीर्थ श्रेष्ठले जानकारी दिए ।

Comments are closed.