पोखरा १२ वैशाख ।शान्ति र विकासको लागि सञ्चार ‘रेडियो अन्नपूर्ण ९३.४ ले आज १५ औं बार्षिकोत्सव मनाउँदैछ । शनिबार विहान ८ बजे दरवार थोक व्याङक्वेटमा विभिन्न कार्यक्रमका साथ बार्षित्सब मनाउन लागेको हो ।
रेडियोले बार्षिकोत्सवको अवशरमा ‘पोखरा रत्न सम्मान २०७१’ बाट वरिष्ठ चिकित्सक डाक्टर कुमारशम्शेर राणा र ‘संगीत प्रतिभा सम्मान’ बाट गीतकार तथा संगीतकार नवराज बराललाई सम्मान गर्ने शुत्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । डाक्टर राणालाई नगद २५ हजार ५ सय ५५्, दोसल्ला र ताम्रपत्रले सम्मान गरिने रेडियोका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
२ दशकदेखि पोखरामा रहेर नेपाली लोक, सुगम, शास्त्रीय तथा भजन संगीतको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै, ‘संगीत प्रतिभा सम्मान –२०७१’ बाट नवराज बराललाई सम्मान गर्ने रेडियोले जनाएको छ । गरीने भएको रेडियोले जनाएको छ । २०५० सालदेखि संगीत क्षेत्रमा क्रियाशिल बरालले गायन, संगीत, संगीत प्रशिक्षण र गीत लेखनका साथै नयाँ प्रतिभा उत्पादन गर्दै नेपाली सांगीतिक फाँटलाई अव्वल बनाउन लागि परेका छन् ।
४४ वर्षिय बरालका मेरो गीत, मेरो संगीत र भजन गंगा गीति संग्रह पनि प्रकाशित छन् । लोक, आधुनिक, पप, भजन, बाल, भाषाभाषी, राष्ट्रिय गीत गरी चार सय भन्दा बढिमा बरालले संगीत दिएका छन् भने ३ सय भन्दा बढी गीत लेखेका छन् ।यस्तै बार्षिकोत्सवकै अवसरमा बर्षभरी गरेको कार्य मूल्यांकनको आधारमा आरजे अफ दी इयर, एड्मिन अफ दी इयर, टेक्निसियन अफ दी इयर, न्यूज पर्सन अफ दी इयर र पार्ट टाइम प्रोग्राम प्रेजेन्टर अफ दी इयर, सम्मानले विभिन्न विभागका कर्मचारीलाईसमेत सम्मान गरिने प्रवन्ध निर्देशक सुनयना पालिखेले बताईन् ।
Comments are closed.