आज विश्व रेडक्रस दिवस मनाईंदै

बैशाख २५, पोखरा ।
आज विश्व रेडक्रस दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यसपटकको दिवस नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले भूकम्प प्रभावितहरुलाई राहत वितरणलाई केन्द्रित गर्दै मनाउने भएको छ । ‘रेडक्रसका सिद्धान्त व्यवहारमा’ भन्ने नाराका साथ शनिबार विश्व रेडक्रस दिवस मनाईंदैछ ।

शाखाले शनिबार प्रभावितहरुलाई राहत वितरण र घाइतेलाई फलफुल, पोखरा–२५ पुम्दीभुम्दीमा स्वास्थ्य अन्र्तगत पुर्णखोप सुनिश्चित घोषणा, सल्यानमा रेडक्रस अभिमुखिकरण, विभिन्न जुनियर रेडक्रस तथा युवा रेडक्रस सर्कलहरुमा ब्याज वितरण र आइतबार रक्तदान कार्यक्रम गर्ने जनाएको छ । यसैगरि, दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाइटी पोखरा २, ३ उपशाखा, अनन्ता सामुदायिक सेवा समिति, टोल विकास संस्था, वडा समन्वय समिति पोखरा–२ र हरिचोक १,२ बाट संकलित दैनिक उपभोग्यका सामग्री शनिवारै माछापुच्छ«े गाविसमा प्रदान गरिने उपशाखाका सभापति खगेन्द्र पराजुलीले जानकारी दिए ।

प्रत्येक वर्ष मे ८ का दिन विश्व रेडक्रस दिवस मनाउने गरिन्छ । इटालीको सल्फेरिनोमा भएको युद्धको विभत्स दृश्यबाट प्रभावित भई जाँ हेनरी ड्युनाले सन् १८६३ मा रेडक्रसको जन्म भएको हो । सोहि दिनको सम्झनामा विश्वका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुले विभिन्न कार्यक्रम गर्दै आएका छन् ।
वि.स. २०२२ सालमा स्थापना भएको कास्की शाखाले विश्व रेडक्रस अभियाानकोको प्रचार प्रसार, अन्तराष्ट्रिय कानुनको प्रवद्धनका साथै प्रकोप नियन्त्रण, न्यूनिकरण, उद्धार वातावरण संरक्षण, खानेपानी, सरसफाइ, स्वास्थ्य सेवा लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ । कास्की शाखामा ५५ उपशाखा, आजिवन सदस्य ८ हजार, १ सय ६० जुनियर सर्कल, ५१ युवा सर्कल क्रियाशील छन् ।

Comments are closed.