पोखरा, २१ पुस-
पोखरामा माघ तेश्रो साता देखि आठौं राष्ट्रिय प्राङगारिक कृषि मेला हुने भएको छ । कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम हरिहर भवन ललितपुर र क्षेत्रीय कृषि निर्देशनालयको आयोजनामा पोखरा हुन लागेको मेलाको तयारीको लागि बसेको सरोकारवाला निकायबीचको बैठकले क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक लेखनाथ आचार्यको संयोजकत्वमा मेला व्यस्थापन समिति गठन गरेको छ ।
यस्तै, मेला गर्नको लागि यहाँका सरकारी गैरसरकारी संघसस्थाका प्रमुख एवं प्रतिनिधि रहने गरी विभिन्न १६ उपसमिति संयोजकहरु पनि चयन गरिएको छ । पोखराको प्रदर्शनी केन्द्रमा माघ १५ देखि १८ गते सम्म हुने मेलामा प्रवेश शुल्क र स्टल पनि निःशुल्क राख्ने व्यवस्था मिलाइएको मेला संयोजक एवं क्षेत्रीय निर्देशक लेखनाथ आचार्यले जानकारी दिए ।
यसअघि पोखरामा पाचौं प्राङगारिक मेला भएको थियो भने छैटौं बुटवल र सातौ काठमाडौमा भएको थियो ।
Comments are closed.