पोखरा २४ पुस-
नेपाली कांग्रेसको भातृ संगठन नेपाल आदिवासी जनजाती संघ कास्कीको प्रथम जिल्ला अधिवेसन आज पोखरामा हुँदैछ । आदिवासी जनजातीको अधिकार शुनिश्चितताका लागि प्रथम अधिवेसन भन्ने नाराका साथ अधिवेसन हुने भएको हो । संघको नेतृत्वका लागि तीनजना आदिवासी नेताहरुले आकाङ्क्षा देखाएका छन् । संघको भावी नेतृत्वका लागि वर्तमान अध्यक्ष अशोक कुमार भट्टचन, उपाध्यक्ष जीतबहादुर गुरुङ र सचिव आश बहादुर गुरुङ मैदानमा उत्रीने पक्कापक्की भएको छ ।
उनीहरुमध्ये भट्टचन आदिवासी जनजाती जिल्ला समन्वय समिति कास्कीका उपाध्यक्ष हुन् भने जीतबहादुर गुरुङ ट्रेड यूनियन नेता र सचिव गुरुङ आदिवासी जनजातीका नेताका रुपमा चिनिएका छन् । नेतृत्वका लागि आकाङक्षा राखेका तीनजनाबीच सर्वसम्मतको प्रयास पार्टीपङक्ति र अग्रज आदिवासी नेताहरुले गरेपनि बिहिवार अबेरसम्म त्यो सम्भव हुन सकेको थिएन । सर्वसम्मत हुन नसके चुनावी प्रक्रियाबाटै भएपनि शुक्रवार नेतृत्व चयन हुने कांग्रेस स्रोतले बताएको छ । स्रोतका अनुसार कांग्रेसको आसन्न राष्ट्रिय महादिवेसनको मिति नजिकिदै गर्दा देखिएको दुई खेमाबिचको ध्रुवीकरण आदिवासीको कास्की अधिवेसनमा पनि देखिनेछ ।
यद्यपी तीन जनाबीच प्रतिस्पर्धा हुने भएकाले खेमा राजनीति सफल हुने या नहुने भन्ने आशंङ्का पनि कायम छ । आकाङ्क्षी तीनै जनाले सर्वसम्मत भएपनि आफ्नै पक्षमा हुनुपर्ने अडान राखेका कारण पनि चुनावी प्रक्रियाको सम्भावना धैरै छ । त्यसैगरी अग्रज आदिवासी नेता खम्बासिंह गुरुङ तीनजना प्रत्यासीबीच कुरा नमिलेर सर्वसम्मती रुपले नेतृत्व दिए आफु पनि भावी अध्यक्ष बन्न सक्ने बताउँछन् । अधिवेसनमा कास्कीका सबै गाविस, लेखनाथ नगरपालिका, उपमहानगरपालिका र चार ओटै क्षेत्रबाट गरी कूल दुई सय तीनजना प्रतिनिधी सहभागी हुने बिहिवार संघद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । अधिवेसनको उद्घाटन पूर्व कानुन तथा न्यायराज्यमन्त्री ईन्द्रबहादुर गुरुङले गर्ने संघका अध्यक्ष भट्टचनले जानकारी दिएका छन् ।
Comments are closed.