आँधिखोलामा डुबेर मृत्यु

स्याङ्जा, बैशाख ६ गते-
स्याङ्जाको आँधिखोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको ज्यान गएको छ । पुतलीबजार नगरपालिका–९ स्थित आँधिखोलामा पौडी खेल्ने क्रममा १६ वर्षिय किशोर सौरभ थापाको डुबेर ज्यान गएको हो ।
पोखरा उपमहानगरपालिका–१० औद्योगिक क्षेत्र स्थायी घर भएका थापा स्याङ्जा आफन्तकोमा आएका थिए । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार थीहरुस“ग पौडी खेलेका थापाको घटना स्थलमै ज्यान गएको थियो ।

Comments are closed.