आन्दोलनकारीलाई संयमिति हुन हुर्जाको आग्रह

पोखरा १८ चैत्र ।आन्दोलनका नाममा पत्रकार तथा आम नागरिकमाथि भएको दुव्र्यवहार रोक्न मानवअधिकार पत्रकार संघ (हुर्जा) कास्कीले सम्बन्धित सबैमा आग्रह गरेको छ ।आइतबार तीस दलिय मोर्चाले गरेको आन्दोलनका क्रममा पोखराको न्यूरोडमा कान्तिपुर टेलिभिजनका पत्रकार इन्द्र पौडेलमाथि कुटपिट तथा दुव्र्यवहारप्रति संस्थाको ध्यानाकर्षण भएको हुर्जाद्धारा जारी वक्तव्यमा भनिएको छ ।

मङ्गलबार संस्थाका अध्यक्ष राजेश पराजुली र महासचिव वीरेन्द्र सापकोटाले संयुक्त रुपमा जारी गरेको वक्तव्यमा पत्रकार तथा आम नागरिकमाथि भएको दुव्र्यवहार रोक्न आन्दोलनकारी दल तथा संस्था, सुरक्षा निकाय तथा नेपाल सरकारसमक्ष माग गरेको छ । त्यस्तै गरेर आन्दोलनकारीले पत्रकार राजबहादुर गुरुङ्गको सवारीमाथिको तोडफोडप्रति हुर्जाले खेद प्रकट गरेको छ ।

साथै केहि उच्छृङ्खल व्यक्तिले पोखरामा रहेको ज्योतिष भविष्यवाणि साप्ताहिक कार्यालयमा गरेको तोडफोडप्रति पनि संस्थाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आगामी दिनमा त्यस्ता गतिविधि रोक्न र दोषिलाई तत्काल कारबाहिको दायरामा ल्याइ आम जनमानसमा शान्ति, सुरक्षा व्यवस्था दरिलो र मजबुद बनाउन समेत हुर्जाले माग गरेको छ ।

Comments are closed.