पोखरा २७, साउन/ पाँच दिनदेखिको कर्मचारी आन्दोलनले माछापुच्छ्रे बैंक ग्रस्त भएको छ । आन्दोलनले सेवाप्रवाह प्रभावित भएको छ । कर्मचारी तथा वैंक व्यवस्थापन पक्षको आ–आफ्नै अडानका कारण सेवाग्राहीले सास्ती खेप्नुपरेको हो । शुक्रबार र आइतबार पुरै काम ठप्प पारेका कर्मचारीले सानेमबारदेखि एक बजेसम्म आर्थिक कारोकार ( पैसा राख्ने र निकाल्ने) मात्र गर्न दिने र त्यपछि फेरी पूर्ण रुपमा ठप्प पार्दै आएको छ ।
पोखराको नयाँबजारमा प्रधान कार्यालयसहित, न्युरोड, बगर, लेकसाइड, रामबजार र लेखनाथमा एउटा कार्यालय सहित ६ वटा कार्यालयको सेवा प्रभावित भएको यतिका दिन बित्दापनि समस्याको समाधान निस्कन सकेको छैन । दैनिक जसो पोखरा क्षेत्रबाट करीब ४० करोडको कारोबार हुने गरेको छ । बैंकका कर्मचारीको आन्दोलनको कारण उक्त कारोबार समेत प्रभाव परेको छ ।
माछापुच्छ«े बैंक युनियन कर्मचारी तदर्थ समितिका संयोजक विकास श्रेष्ठले बैंकमा आफुहरुले कर्मचारीको हकहितको लागि युनियन स्थापना गर्न खोज्दा घर, पायक नमिलाई बिना जानकारी व्यवस्थापनले सरुवा गरेको बताए । आफुहरुले बैंकमा युनियन खोल्न लागेको थाहा पाउने बित्तिकै ४६ कर्मचारीलाई सरुवा गरी २० प्रतिशत तलव बृद्धि पनि सँगै गरेको उनले बताए । उनीहरुले सरुवाको निर्णय तत्काल खारेज गरी कर्मचारी युनियन गठन गर्ने वातावरण मिलाए आन्दोलन रोक्ने बताएका छन् ।
यता बैंकले भने आन्दोलन रोकेर तत्काल काममा फर्कन आग्रह गरिरहेको छ । बैंकका सुचना अधिकृत सन्तोष कोईरालाको बैंक जस्तो अत्यावश्यक सेवा कुनै पनि वाहनामा बन्द गर्न नहुने बताउदै आन्दोलनको स्वरुप परिवर्तन गरी नेपालको कानुन पालना गर्न आग्रह गरेका छन् । बैंकले नियम र नियमितप्रक्रिया अनुसार सरुवा गरेको भन्दै काममा फर्कन आग्रह गर्दै आन्दोलन नरोके कानुनी कारवाही गर्ने चेतावनी दिइरहेको छ ।
सरकारी नियम अनुसार कर्मचारी युनियन दर्ता गरी आउदा आफुहरुलाई कुनै आपत्ति नभएको बताउदै कोइरालाले पेन डाउन गरी सेवा प्रभावित पार्न नहुने सरुवाको बिषयमा केहि कर्मचारीले काम गर्ने कर्मचारीहरुलाई समेत भड्काएको आरोप लगाए । देश भरी ४६ जना कर्मचारीको सरुवा गरेकामा ४४ जना कर्मचारी सरुवा भएको ठाउँबाट काम थालेको भन्दै बाँकी ४ जनाको बिषयलाई लिएर सरुवा खारेज ासक्ने बैंकले जनाएको छ ।
Comments are closed.