आन्दोलन दिर्घकालीन हुने देख्दैछु : प्रचण्ड

२१ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले ३० दलीय मोर्चाको आन्दोलन दिर्घकालीन हुने बताएका छन् ।३० दलीय मोर्चाले शनिबार राजधानीमा गरेको अन्तक्रिर्या कार्यक्रममा प्रचण्डले सहमति भए तत्काल आन्दोलन फिर्ता लिन तयार रहेको बताए । कांग्रेस र एमाले सहमतिको पक्षमा नरहेको भन्दै उनले भने-‘उनीहरुको नौंबुँदे मान्छौं भन्दा पनि सहमति गर्ने पक्षमा छैनन् ।’कांग्रेस र एमालेको रबैया हेर्दा आन्दोलन दिर्घकालीन हुने देखिएको भन्दै उनले भने-‘चैत २६ मा सकिँदैन । बैशाखसम्म चल्छ, भदौमा फेरि चन्छ । माघ फागुनमा पनि हुन्छ ।’

images

आन्दोलन सत्ता, व्यवस्था र सत्ता परिर्वतनका लागि नभएको भन्दै उनले विगतमा भएको सहमति र समझदारी अनुसार संविधान बनाउन आन्दोलन गर्नु परेको बताए । उनले आन्दोलन आफहरुको रहर नभइ बाध्यता र अहिलेको आवश्यकता भएको बताए ।एमाओवादी अध्यक्ष प्रचण्डले विगतमा प्राप्त सहमति उल्टाउन खोजे मुलुक अर्को विद्रोहमा जाने बताए । कसले र कहिले गर्छौं भन्ने मुख्य नभएको भन्दै उनले भने-‘यो आन्दोलन गम्भीर र ठूलो विद्रोहमा परिणत हुने सम्भावना छ ।’

 

Comments are closed.