सर्लाही, ७ भदौ
आफ्नै आमाको हत्या गरेको अभियोगमा लालबन्दी नगरपालिका–२ पुनर्वास टोल बस्ने ३२ वर्षीय राजबीर पासवानलाई शनिबार रातिप्रहरीले पक्राउ गरेको छ ।
पासवानले मादक पदार्थ सेवन गरी आफ्नै आमा ५० वर्षीया उर्मिला पासवान र बुवा ५५ वर्षीय उपेन्द्र पासवानलाई ढुङ्गा प्रहार गर्दाआमाको टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको थियो ।
टाउकोमै चोट लागी गम्भीर घाइते भएका बाबु उपेन्द्रको मनिषा हेल्थ केयर नवलपुरमा उपचार भइरहेको छ । घटनाको खबर प्राप्तभएपछि ईलाका प्रहरी कार्यालय नवलपुर र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले राजबीरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
स्रोत : नेपाल प्रहरीको फेसबुक पेज
Comments are closed.