पोखरा, ६ साउन। आमा जननी हुन्, आमा सृष्टिकी देवि हुन्, आमा ममताकी खानी हुन् सहनशीलताकी प्रतिमूर्ति हुन् अर्थात आमा सबथोक हुन्। दश धारा दुध चुसाएर हुर्काउने आमाको जति गुनगान गाएपनि कमै हुन्छ किनकी आमाले जति गरेकी छिन् त्यो जतिसुकै भनेपनि कम नै हुन्छ ।
अझ शव्दमा व्यक्त गर्न त झन् कठिन हुन्छ । तर पोखरेली सञ्चारकर्मी सरस्वती गुरुङले तिनै आमालाई शब्दमा उतार्ने प्रयास गरेकी छिन्। अनि शब्दलाई संगीतमा ढालेर बनाइएको गीतको दृश्यांकन पनि गरिएको छ।
गीतको अंश यस्तो छ –
आमा तिम्रो अंश हुँ म, तिम्रै ज्यानको टुक्रा हुँ
तिम्रो आँशु पुछुँ आमा, तिम्रै छेउमा रहुँ।
चौतारी हौ आमा तिमी, तिमी नै हौ छहारी
तिम्रो कोखको ओत जस्तो पाईन संसार चहारी ।।
याे गीत अहिले इन्टरनेटमा समेत लाेकप्रिय बन्दै गएकाे छ । आमा गीतमा जय परियारको संगीत छ भने स्वर रिमा गुरुङ होडाको छ। गीतको भिडियो निर्देशन पोखरेली चलचित्र निर्देशक कुष्णकुमार गुरुङले गरेका छन् ।
चर्चित लोक गायीका प्राज्ञ हरिदेवी कोइरालाले आमाको महिमा जति गाएपनि कम हुने बताइन् । यद्यपी उनले सरस्वतीले आमाको महिमा शब्द मार्फत सुन्दर र मार्मिक तरिकाले प्रस्तुत गरेकोभन्दै प्रशंसा गरिन् ।
तमु धिँ नेपालकी अध्यक्ष कर्म तमुले आमा शव्दको भाव अत्यन्तै ओजिलो हुने भन्दै आमाप्रति सँधै गर्व गर्नुपर्ने बताइन् । युवा साहित्यकार सरस्वती प्रतिक्षाले आमाको सम्मानमा कमी आइरहेको समयमा यो गीतले आमाप्रति सम्मान जगाउन प्रेरित गर्ने बताईन्।
गीतकार सरस्वती गुरुङले आमा प्रेरणाको श्रोत भएको भन्दै आमाप्रति नै समर्पित भएर गीत लेख्दा आनन्दको अनुभुति भएको बताइन्।
उनले गीतको शब्द÷शब्द सम्पूर्ण आमाप्रति समर्पित गर्न चाहेको उल्लेख गरिन्। सञ्चारकर्मी सञ्जय मल्लले श्रष्टा परिचय गराउँदै सरस्वतीको १३ वर्षदेखिको सञ्चार यात्राले आमा गीत जन्माएको बताए । गीतकाे भिडीयाेमा पाेखराका विभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरुलार्इ समेटिएकाे छ ।
Comments are closed.