आर्थर ऐंसेलुचौरमा पुरुष व्यक्तिको शव फेला

पोखरा हटलाईन,
माघ,७,२०७७,
आज बिहान अन्दाजी १२:३० बजेको समयमा पर्वत जिल्ला कुश्मा नगरपालिका-१४ आर्थर ऐंसेलुचौर स्थित ठुलिपोखरी आर्थर कच्ची सडक खण्डको छेउमा १ जना हालसम्म नाम, थर वतन नखुलेको अन्दाजी ५० वर्षको पुरुष व्यक्तिको शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय,पोखराले जनाएको छ । साथै खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई गई थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राज कुमार थिङ ले पोखरा हटलाईनलाई जानकारी दिए ।

Comments are closed.