आर्थिक अनुसासन हिनता प्रति नेपाली कांग्रेस (वीपी) कास्कीको ध्यानाकर्षण

पोखरा, २६ साउन

पोखरा हटलाईन

पोखरा महानगरपालिकामा भैरहेको आर्थिक अनुसासनहिनताका सुचना तथा समाचारहरु प्रति नेपाली कांग्रेस (वीपी) कास्कीले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले सो सम्बन्धमा पोखरा महानगपालिकाका प्रवक्ता धन बहादुर नेपाली मार्फत प्रमुख मान बहादुर जिसिलाई ध्यानाकर्षण पत्र बुझाएको सभापति चन्द्र बहादुर रानाभाटले जनाकारी दिए ।सभापति रानाभाटले लामो समय जनप्रतिनिधि विहिन बनेका स्थानिय निकायहरुमा जनताका प्रतिनिधिका रुपमा चुनिएर आएका व्यक्तिहरुको नेतृत्व भैसकेपछि आर्थिक अनुसासन र पारदर्शीता हुन्छ र विकासले गति लिन्छ भन्ने विश्वासका विपरित पोखरा महानगरपालिका भ्रष्टाचारमा चुर्लुम्म डुबेको समाचारले आफुहरु चिन्तित भएको बताए ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, “मलेपको प्रतिवेदन अनुसार नगद रु.१३,०१,८२,७९७।०८ (अक्षरुपी तेह्र करोड एक लाख एकासी हजार सात सय सन्तानब्बे रुपैयाँ आठ पैसा) बराबरको हिषाव किताव कर्मचारीहरुको मिलिमतो र जनप्रतिनिधिहरुको समेत संलग्नतामा हिनामिना गरिएको हुनसक्ने भएकाले यसको यथार्थ छानविन गरि दोषी उपर आवाश्यक कानुनी कार्वाहीका लागि हाम्रो पार्टी जोडदार माग गर्दछ ।”जनताका प्रतिनिधि भएका हैसियतले जनताको पसिना माथी होलि खेल्ने छुट यो वा त्यो वाहानामा कसैलाई नभएको वीपी कांग्रेसले प्रष्ट पारेको छ । साथै जनताले तिरेको कर माथी भएको यसप्रकारको मनोमानी तथा लज्जित कार्यको वीपी कांग्रेस घोर निन्दा तथा भ्रत्सना गरेको छ ।पार्टीका उपसभापति डम्बर बहादुर बानियाँले कोरोना भाइरसको महामारीका बीच आम नागरिकको जनसरोकारको विषयमा हरेक कुराको वेवास्ता गर्दै स्थानिय सरकार र जनप्रतिनिधिको रुपमा आएका जनप्रतिनिधिहरु नै भ्रष्टाचारमा लिप्त भई विभिन्न वाहानामा करवृद्धि गरेको पाईएको प्रति पार्टीले सो कार्यको समाधानका लागि अपिल गरेको जनाए ।अर्का उपसभापति तिर्थ प्रसाद अधिकारीले ोखरा महानगरपालिकामा भएको करोडौ रुपैयाँ आर्थिक अनियमितता माथी तत्काल छानविन गरि आम महानगरवासी समक्ष प्रष्ट पार्न १५ दिनको अल्टिमेटम दिएको बताए । साथै तोकिएको समय भित्र आर्थिक अनियमिमताको छानविन नगरि वेवास्ता गरिए कडा आन्दोलनमा उत्रने सो पार्टीले चेतावनी दिएको छ ।

Comments are closed.