वीर बहादुर विश्वकर्मा
उम्मेदवार
देशभक्त समाज पार्टी
चुनाव चिन्ह –जरायो
यो चुनावमा तपाईको दलको मुल एजेण्डा के रहेको छ ?
मूल एजेण्डा राष्ट्रिय पहिचान नै हो . अहिले मुलुक जातीय
पहिचानतर्फ उन्मुख भएको पाएका छौ . जुन हुनु हुदैन .
राष्ट्रिय पहिचानले नै अन्र्तराष्टिय आधारमा नेपाललाई चिनाउने हे
. त्यस्तै सर्वोदय समाज , सर्वोदय राष्ट्रियता , आर्थाीक समानता र
सामाजिक विभेदमुक्त समाज निर्माण देशभक्त समाजको मुख्य
एजेण्डा बनाएर जनताको घरदैलोमा पुगीरहेका छौ .
प्रचार प्रसार कस्तो भईरहेको छ ? जनताको प्रतिक्रिया कस्तो छ
?
सबै राम्रो छ . हाम्रो एजेण्डालाई जनताले विश्वास गर्नुभएको
हामीले पाएका छौ . आर्थीक समानता र विभेदमुक्त समाज निर्माण
हुनुपर्छ भन्ने आम जनताको साझा धारणा पाएका छौ . अहिले
पुराना र ठूला भनिएका दलह?ले आर्थीक समानता, राष्ट्रिय पहिचान र
विभेदमुक्त समाजको निर्माण गर्छौ भनेर यसअघि आश्वासन दिएपनि
त्यो हुन नसकेको प्रति जनतामा नैराशयता पैदा भएको रहेछ .
हार्मीले आफ्नो प्रतिवद्धता जनाउदा जनता उत्साहित हुनुभएको छ .
तपाईको दललाई कास्की २ का जनताले मत चाहिँ किन दिने
? केहि बिकासका योजनाह? पनि अघि सार्नुभएको छ कि ?
हामीसँग ठ्याक्कै यो यो क्षेत्रमा बिकास गर्छौ भनेर जनतामा
अहिल्यै भन्दै नौ तर पनि नेपाल कृषीप्रधान देशका रुपमा चिनिन्छ
. कृषीका क्षेत्रमा पछिल्लो समय युवाकेन्द्रित कार्यक्रमह?
ल्याईएपनि त्यसको सदुपयोग र निरन्तरता पाईदैन . मुख्य रुपमा
यस क्षेत्रमा रहेका कृषीसम्भावित क्षेत्रह?को पहिचान गर्ने र
युवाहरुलाई त्यसतर्फ आकर्षित गराई परीणाममुखी नतिजाका लागि
प्रेरीत गर्नका लागि आवश्यक नीति निर्माण नै हाम्रो जोड रहेको छ
. यो निर्वाचनमा हाम्रो दल विजयी भएर गएपनि सरकार निर्माण र
भत्काउन कुनै त्यस्तो भूमिका रहदैन तर युवा रोजगारी र कृषी
क्षेत्रको बिकासका लागि नीतिगत दबाबमा टेवा पुग्नेछ . त्यस्तै
हामीलाई निर्वाचित गराएमा आफ्नो निर्वाचन क्षेत्रमा आवश्यक सडक,
खानेपानी लगायतका जनताका आधारभूत विकासका काम त गर्नेमा कुनै
शंका छैन . त्यस्तै यस क्षेत्रको सबैजसो भाग पोखरा महानगरमा पर्ने
भएकाले पोखराको समग्र बिकासका लागि पनि हाम्रो पहल हुनेछ यो
कुरा प्रचारका क्रममा जनतालाई प्रतिवद्धता जनाएका छौ .
तपाईको दलले यो उपनिर्वाचनमा जित्ने आधार के के छन् ?
मैले अघि पनि भनिसके हामी र हाम्रो दल राष्ट्रियताको हिमायती हौ
. हालसालैको घटना हेर्नुस न भारतले हाम्रो सीमा नै घटाएर
आफ्नो नक्सा सार्वजनिक गरेको छ . तर राष्ट्रियताको यस्तो गम्भीर
समस्यामा पनि सरकार र अन्य ठूला दलहरुले ठोस निकास दिन सकेका
छैनन्. यो कुरा हामीले जनतालाई बुझाएको छौ . राष्ट्रियताको
मुद्धालाई बलियो रुपमा प्रस्तुत गर्ने एकमात्र दल हाम्रो देशभक्त
समाज पार्टी नै हो जुन कुरा जनताले बुझ्नुभएको छ र
हार्मीलाई अत्याधिक मत दिनुहुनेछ भन्ने हाम्रो विश्वास नै चुनाव
जित्ने प्रमुख आधार हो .
अन्त्यमा ….?
म यो पटक चुनावी प्रचारमा ग्रामीण क्षेत्रमा पुग्दा के पाएँ भने
दशकौसम्म सत्तामा रहेर जनताको सेवा गर्छु भन्ने दलहरुले बिकासको
कामलाई झारा टार्ने गरेका रहेछन् . सडक खन्ने कुरामै पनि जति
जति आवश्यकता हो त्यो नगरीकन बजेटलाई दु?पयोग गर्ने,
योजना समयमै नसिध्याउने , कसरी हुन्छ नीजी आर्जनका लागि
मात्रै सोच्ने काम अहिलेका दलहरुले गरीरहेका छन् . त्यस्तै
मुलुकमा भ्रष्टाचार , हत्या हिँसा , बलात्कारका घटना बढीरहेका छन्
तर दोषीलाई कारवाही गर्नुभन्दा संरक्षण गर्ने काम पनि सत्तामा
रहेका र नरहेका ठूला दलबाट नै भईरहेको छ . तसर्थ यी सबै कार्य
रोक्नका लागि हाम्रो दल देशभक्त सामाज पार्टीको चुनाव चिन्ह
जरायोमा मतदान गरी विजयी गराईदिनुहुन सबै मतदातामा अपिल
गर्दछु . धन्यवाद .
Comments are closed.