एजेन्सी,
बलिउडकी चर्चित अभिनेत्री आलिया भाट र अभिनेता रणवीर कपूरको विवाह अप्रिल १७ तारिखमा हुने बताइएको छ । विवाहको कार्यक्रम तय गर्न व्यस्त यी दुई जोडीले विवाह लगत्तै पनि नयाँ चलचित्रमा काम शुरू गर्ने भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । आलियाले विवाह लगत्तै एक हलिउड चलचित्रमा काम थाल्ने बताइएको छ । उनले मे महिनामा आफ्नो हलिउड चलचित्रको शुटिङ शुरू गर्नेछिन् । शुटिङका लागि आलिया अमेरिका जाने बताइएको छ । उनले बलिउडपछि अब हलिउड चलचित्रमा समेत डेब्यु गर्न लागेका हुन् । हलिउड चलचित्र ‘हार्ट अफ स्टोन’मा उनले काम गर्न लागेको बताइएको छ ।
Comments are closed.