पोखरा १५ चैत ।विष्णु पादुका क्लव हेमजाको आयोजनामा चैत अन्तिम सातामा हुने छैटौं हेमजा आलु महोत्सव २०७१ तयारी तिव्र पारिएको छ ।महोत्सवलाई सफल बनाउनका लागि विभिन्न उपसमितिले आ–आफ्नो कामलाई तिव्र पारेको महोत्सव मूल आयोजक समितिका संयोजक रमेश कार्कीले जानकारी दिए ।
महोत्सव नजिकदै गर्दा महोत्सव मुल आयोजक समितिले शनिबार आयोजना गरेको वृहत अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले महोत्सवलाई सघाउने प्रतिबद्धता जनाएका थिए । हेमजाको पहिचानसँग महोत्सव जोडिएको महोत्सवलाई सभ्य ढंगले सम्पन्न गर्न उनिहरुले सुझाव दिएका थिए ।अन्तरक्रिया कार्यक्रममा महोत्सव मूल अयोजक समितिका संयोजक रमेश कार्कीले हाल सम्म भएका गतिविधिका बारेमा जानकारी गराएका थिए । महोत्सवका ९० प्रतिशत स्टल बुकि· भईसकेको स्टल व्यवस्थापन उपसमितिका संयोजक राजेन्द्र थापाले जानकारी दिए । सुन्दर ठाँउ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने मुल नाराका साथ आयोजना हुन लागेको उक्त महोत्सव चैत्रको २३ गते देखि २९ गते चल्ने छ ।
हेमजालाई व्यसायिक कृषि ठाँउकौ रुपमा परिचत गर्दै विविध कृषि उत्पादनको प्रर्वद्धन तथा कृषि पर्यटनको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सव सम्पन्न गर्नका लागि ३२ लाख ३५ हजार खर्च लाग्ने र ३३ लाख ३५ हजार आम्दानी हुने अनुमान गरिएको कोषाध्यक्ष महेन्द्रसिंह थापाले जानकारी दिए ।महोत्सव सम्पन्न गर्नका लागि विष्णुपादुका क्लवका अध्यक्ष रमेश कार्कीको संयोजकत्वमा एक सय ५१ सदस्यीय मूल आयोजक समिति र २२ वटा उपसमिति गठन गरिएको छ ।
Comments are closed.