
पोखरा १४ असोज
पोखराको चिप्लेढुङ्गामा रहेको ‘मेलोडी क्याफे एण्ड लाउन्ज बार’ले पोखरा बाटुलेचौरमा रहेको अन्नपूर्ण आत्मनिर्भर बालआश्रमका वालवालिकालाई झोला तथा खाद्यान्य प्रदान गरेको छ । क्याफेले आफ्नो पहिलो वार्षिकोत्सवका अवसरमा आश्रमका ३१ जना वालवालिकालाई झोला वितरण र २५ हजार रुपैयाँ बरावरको खाद्यन्य वितरण गरेको हो । दश वर्ष पहिले खुलेको अन्नपूर्ण आत्मनिर्भर बालआश्रममा बावुआमा गुमाएका, अवैधानिक सम्वन्धबाट जन्मेर अलपत्र परेका अफ्ठ्यारो परिस्थितिका वालवालिकाले आश्रय लिएका छन् । क्याफेका संचालकहरु गायक विनोद वानियाँ, शेखर शेरचन, गशेण बसौला र अशोक गुरुङले वालवालिकालाई झोला वितरण गरे भने आश्रमकी सञ्चालिका सारदा वस्नेतलाई खाद्यान्य हस्तान्तरण गरेका हुन् ।
व्यवसायीले कमाउनका लागि मात्रै सोंच्नुहुन्न आम्दानीको केही प्रतिशत समाजका लागि पनि छुट्याउनुपर्छ भन्ने हेतुले क्याफेको पहिलो बार्षित्सवका अवसरमा पोखरा नजिकै रहेरपनि छाँयामा परेको आश्रमलाई आफुहरुले सहयोग गरेको संचालक बानियाँले बताए । क्याफेले आफ्नो बार्षिकोत्सवको अवसरमा आश्रमलाई सहयोग गरेकोमा संचालिका बस्नेतले धन्यबाद दिँदै अफ्ठ्यारो अवस्थामा रहेका पाँच बर्ष मुनिका वालवालिकालाई कानुनी प्रक्रिया अनुसार आफुले आश्रय दिने गरेको बताईन् । ‘हामीले वालवालिकालाई आश्रय मात्रै दिँदैनौं’ बस्नेतले भनिन्, ‘वालवालिकालाई शिक्षित र आत्मनिर्भर हुने बाटो पनि देखाउँछौं ।’

आश्रमले आफैं आत्मनिर्भर बन्नका लागि दुधका लागि गाईभैंसी, अण्डाका लागि कुखुरा र तरकारी खेती गरेको र बाँकी देश तथा विदेशबाट सहयोग गरेको बस्नेतको भनाई छ । आश्रमका २७ बालबालिकाले प्रगति वोडिङ्ग स्कुलमा अध्ययन गरिरहेका छन् भने एक जनाले ग्लोवल कजेज र एक जनाले गण्डकी वोडिङ्ग स्कुलमा अध्ययन गरिरहेका छन् । क्याफेले पहिलो वार्षिकोत्सवमा अवसरमा गीतसंगीको क्षेत्रमा लागेका व्यक्तिलाई बार्षिकरुपमा ‘मेलोडी अवार्ड’को घोषणा गरेको छ भने विभिन्न छुट तथा उपहार योजना पनि ल्याएको छ । झोला तथा खाद्यान्य वितरण कार्यक्रमको सञ्चालन संचारकर्मी सञ्जय मल्लले गरेका थिए ।
Comments are closed.