पोखरा १९, माघ
पोखरामा हालै सम्पन्न भएको आहा रारा गोल्ड कपको अवसरमा सहारा एकेडेमी अक्षयकोषमा २४ लाख ३६ हजार ४ सय ३८ रुपैया संकलन भएको छ ।
सहारा युकेबाट ५ लाख २५ हजार, पोखरा ११ चापापानीका टिका बहादुर कार्की एवं परिवारबाट ३ लाख एक हजार, द मुग्लान फाउण्डेशन अष्ट्रेलिया (राजमान थकाली सहारा अष्ट्रेलीया अध्यक्ष) बाट ३ लाख ५० हजार उक्त कोषमा आर्थिक सहयोग प्राप्त भएको क्लवले जनाएको छ ।
त्यसै गरी पोखरा बुद्धचोक निवासि सुनिल गुरुङबाट एक लाख १ हजार १ सय १५, एनआरएन युकेका अध्यक्ष मुछेत्र गुरुङबाट एक लाख, वेलायतकै कृष्ण गुरुङबाट ५० हजार ८ सय, स्याङजा दरौ हाल पोखरा निवासि मेजर लक्ष्मी प्रसाद गुरुङबाट एक लाख १ हजार १ सय ११, तमु धिँ नेपालका अध्यक्ष कर्म गुरुङले एक लाख १ सय ११, वेलायतका थमन कुमार श्रेष्ठले ५० हजार ३ सय, वेलायतकै कुसाङ÷पन्च गुरुङबाट ५१ हजार, पोखरा चापापानी हाल वेलायत रहेका लालकाजी÷रिमा गुरुङले ५० हजार, तनहुँ खैरेनीटार हाल अष्ट्रेलीया सिड्नीका राम श्रेष्ठबाट ५१ हजार, पोखरा रामबजार हाल अमेरीका वस्दै आएका भिमसेन श्रेष्ठबाट ५० हजार, पोखरा हाल वेलायत रहेका सहारा युकेका अध्यक्ष मिन बहादुर गुरुङबाट ५० हजार, वेलायतमा रहेका हरि कुमार श्रेष्ठ, वाल कृष्ण गुरुङ, ग्याम बहादुर गुरुङ, पोखरा नयाँगाँउ हाल वेलायतबाट महेश÷रिता गुरुङ, वेलायतका मिन प्रसाद ÷पेमा गुरुङ, रविन्द्र गुरुङ, वेलायतका ज्ञानकाजी गुरुङ, वेलायतकै भोज गुरुङ, खेम गुरुङले जनहि ५०÷५० हजार आर्थिक सहयोग गरेका हुन ।
त्यस्तै गरी कास्की समाज जापानबाट पुर्व राष्ट्रिय खेलाडी वसन्त गौचन र अमृत आचार्यले ३० हजार, पोखरा बुद्धचोकका हरिशकुमार गुरुङले २५ हजार एक, पोखरा ९ बसपार्क हाल दुवईमा रहेका अर्जुन कुमार गुरुङले १० हजार, पोखरा बसपार्कका बिशाङक रानाबाट १० हजार, पोखरा घारीपाटन हाल कोरिया निवासि खोम बहादुर गुरुङबाट १० हजार सयहोग प्राप्त भएको छ । सहारा एकेडेमीमा चेन्जीङ रुम निमार्ण गर्न समाजसेवी एवं कानुन व्यवसायी हाल हङकङ निवासी देव गुरुङले २ लाख ५१ हजार रुपैया आर्थिक सहयोग गरेका हुन । सहारा एकेडेमीको अक्षयकोषमा हालसम्म करीब एक करोड २५ लाख पुगेको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए । क्लबद्धारा संञ्चालित कठिन परिस्थिति एवँ विपन्न वर्गका बालकहरु सम्मिलित १६ जिल्लाका २८ जना बालकहरुलाई निशुल्क शिक्षा दिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण गराइदैछ ।
Comments are closed.