आहा ! रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजुबाबुलाई स्कूटर हस्तान्तरण

पोखरा, १३ वैशाख     आहा ! रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजुबाबु थापालाई स्कूटर हस्तान्तरण गरिएको छ ।सहारा क्लब पोखराको आयोजनामा भएको १९ औं संस्करणको आहा ! रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजुबाबुलाई सोमबार अप्रिला स्कूटर हस्तान्तरण गरिएको हो ।उपाधि विजेता टोली संकटाका गोलरक्षक समेत रहेका राजुबावुलाई पोखरामा अप्रिलाका अधिकृत बिक्रेता सिताज लाइफ स्टाइलका प्रबन्ध निर्देशक अनुजकुमार बास्तोलाले स्कूटर हस्तान्तरण गरेका हुन् ।कार्यक्रममा क्लबका अध्यक्ष केशवबहादुर थापा, पूर्व अध्यक्ष विक्रम थकाली, प्रथक उपाध्यक्ष हरिराम गुरुङ (सुरज) लगायतको उपस्थिति थियो ।राजुबाबुले प्राप्त गरेको स्कूटर अप्रिला स्ट्रोम १२५ को बजार मूल्य २ लाख ४६ हजार ९ सय पर्छ । कम्पनीले स्कुटरमा लाग्ने कर छुट समेत गरी हस्तान्तरण गरेको जनाएको छ ।पोखरा रंगशालामा गत चैत २१ देखि २८ सम्म सम्पन्न प्रतियोगितामा संकटाले उपाधि जित्दा पाहुना टोली अफ्रिकन रुट एसोसिएसन, क्यामरुन उपविजेतामा सीमित भएको थियो .

 

Comments are closed.