पोखरा,
“परोपकारी उदेश्यले आयोजीत नेपालकै ख्यातीप्राप्त फुटबल प्रतियोगिता को विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्येश्यका साथ सहारा क्लब पोखराद्धारा आयोजित मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २२ औं संस्करण २०७९ पौष १२ गते देखी पौष २३ गते सम्म सञ्चालन गर्ने समय तालिका अखिल नेपाल फुटबल संघबाट आयोजकलाई प्राप्त भएता पनि आगामी पौष १३ गते मैत्रीपूर्ण खेल हुने भनि एन्फा कास्की बाट अनुरोध भएको हुँदा प्रतियोगिता पौष १४ गते देखि २३ गते सम्म संचालन गर्ने जानकारी सहारा क्लब पोखराको सचिवालयले बिज्ञप्ती मार्फत दिएको छ ।
सहारा क्लब पोखराका महासचिब रामजी प्रसाद अधिकारी द्वारा जारी प्रेस बिज्ञप्तीमा उल्लेख भए अनुसार यस प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा.लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ । उत्कृष्ट पाँच विधाको पुरस्कार सुर्य बहादुर केसी स्मृतिमा प्रदान गरिने छ। सह उप प्रायोजक मुल्बेरी इन्स्टिच्युट अफ हस्पिटालिटी र चरक मेमोरियल हस्पिटल प्रा लि नागढुंगा, एजुकेसन पार्टनर हिमाश कन्सल्टेन्सी ,अफिसियल बैंक लुम्बिनी विकास बैंक, अनलाइन टिकेटिंङ पार्टनर ( ःथ् एब्थ्, अफिसियल स्पोट्र्स वयर एक्स टेप, एयरसन ईन्टरन्यासनल् प्रा.ली. ईन्टरनेट पार्टनर, पब्लिक द्धप टेलिभिजन प्रत्यक्ष प्रसारण, अफिसियल एयर लाइन्स बुद्ध एयर, सर्बोत्कृष्ट रास्ट्रिय फुटबल खेलाडी पुरस्कार प्रायोजक सहारा क्लब का मानार्थ सदस्य खेम बहादुर गुरुङ, अफिसियल इन्सुरेन्स पार्टनर प्रभु इन्सुरेन्स प्रा लि,अफिसियल मल्टिप्लेक्स पार्टनर सिनेप्लेक्स, पोखरा फेयर प्ले पुरस्कार प्रायोजक रुपाकोट ज्योति सुनचाँदी पसल महेन्द्रपुल, मुग्लान रेस्टुरेन्ट एंड बार, एल जी टिभी, गोर्खाली अफसेट प्रेस, परिचय एड्भरटाइजिङ र जीएमसी मेडिकल कलेज, नयाँबजार र सहयोगी संस्था राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र अखिल नेपाल फुटबल संघ र क्षेत्रीय खेलकुद विकास समिति र कास्की जिल्ला खेलकुद विकास समिति र कास्की जिल्ला फुटबल संघरसहारा क्लब युके, हङ्गकङ्ग र अष्ट्रेलिया समेतको बिशेष सहयोग र पोखरा महानगरपालिकाको प्रबर्धक रहेका छन । प्रतियोगिताको कुल अनुमानित आम्दानी १ करोड ५९ लाख ५० हजार रुपैया र कुल अनुमानित खर्च १ करोड १३ लाख ५६ हजार रुपैयाँ अनुमान गरिएको छ। गत वर्षको विजेता ए पी एफ क्लब र उपविजेता मनांग मर्स्याङ्दी क्लब रहेको थियो भने आसन्न २२ औं संस्करणमा निम्नानुसारका १० टिमहरुको सहभागिता हुने छ ।
१ नेपाल ए पि एफ क्लब,
२ मनाङ मस्र्याङ्दी क्लब
३ नेपाल प्रहरी फुटबल क्लब
४ त्रिभुवन आर्मी फुटबल क्लब
५ मछिन्द्र क्लब,
६ संकटा क्लब
७ चर्च ब्वाइज युनाइटेड फुटबल क्लब
८ भुटानिज युथ स्पोर्ट्स क्लब
९ धरान फुटबल क्लब
१० सहारा क्लब पोखरा
साथै प्रतियोगिताको पुरस्कार राशिमा बृद्वी गरि यस पटक प्रथम पुरस्कारमा २ लाख थप गरि जम्मा रु १२ लाख र द्वितीय पुरस्कारमा १ लाख थप गरि जम्मा रु ६ लाख कायम गरिएको छ। २०५८ सालमा क्याराभान गोल्ड कप लाइ गणना गर्दै २२औं संस्करण बाट नामांकित यस प्रतियोगितामा वचत रकम क्लबबाट संचालित सुर्य बहादुर के सी स्मृती सहारा फुटबल एकेडेमीमा खर्च गरिने बिज्ञप्तीमा जनाईएको छ । सुर्य बहादुर के सी स्मृती सहारा फुटबल एकेडेमी दोविल्ला पोखरामा हाल तेश्रो व्याचमा १० जिल्लाका १३ जना बालकहरुको पालन, पोषण, शिक्षा, स्वास्थ्य लगायत सम्पुर्ण जिम्मेवारीको मुख्य श्रोत नै प्रतियोगिता रहेको क्लबले जनाएको छ । परोपकारी उदेश्यले आयोजीत नेपालकै ख्यातीप्राप्त फुटबल प्रतियोगिताको सफलताको लागी सम्पूर्ण खेलप्रेमीहरुबाट सहयोगको अपेक्षा सहित बिज्ञप्तीमा सहारा क्लब हंगकंग द्वारा प्रतियोगिता संचालनको लागि रु ३ लाख सहयोग उपलब्ध भएको समेत जनाईएको छ ।साथै प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सम्पुर्ण राजनैतिक दल, भातृ संगठन, संघ संस्था, व्यवसायी एवं खेलकुद प्रेमी दर्शकमहानुभावहरुबाट महत्वपुर्ण सहयोगको अपेक्षा र सदभावको आशा राख्दै प्रतियोगिता अवधिभर बन्द, हडताल, चक्काजामको कार्यक्रम नगर्न समेत क्लबले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
Comments are closed.