आहा ! रारा पोखरा गोल्ड कप पौष १४ देखि २३ सम्म पोखरा रङ्गशालामा

पोखरा,

“खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्येश्यका साथ सहारा क्लब पोखराद्धारा आयोजित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २२ औं संस्करण  पौष १४ गते देखि २३ गते सम्म पोखरा रङ्गशालामा  संचालन हुने सहारा क्लब पोखराले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । त्यस्तै प्रतियोगिताको मुख्य प्रायोजक पहिलो संस्करण देखी हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको बिज्ञप्तिमा जनाइएको छ ।  उत्कृष्ट पाँच विधाको पुरस्कार पुर्व सांसद उद्योगपति एवं समाजसेवी सुर्य बहादुर के.सी.को स्मृतिमा प्रदान गरिने छ भने सह उप प्रायोजक मुल्बेरी इन्स्टिच्युट अफ हस्पिटालिटी , चरक मेमोरियल हस्पिटल प्रा.लि. नागढुंगा र गोर्खा ब्रुअरीको टुबोर्ग बियर को रहेको छ ।  त्यस्तै एजुकेसन पार्टनर हिंमाश कन्सल्टेन्सी  ,अफिसियल बैंक लुम्बिनी विकास बैंक ,अनलाइन टिकेटिंङ पार्टनर MY PAY,अफिसियल स्पोर्ट्स वयर एक्स टेप, एयरसन ईन्टरन्यासनल प्रा. ली. ईन्टरनेट पार्टनर, पब्लिक 4k टेलिभिजन प्रत्यक्ष प्रसारण, अफिसियल एयर लाइन्स बुद्ध एयर रहेको क्लबले जानकारी दिएको छ ।

सर्वोत्कृष्ट रास्ट्रिय फुटबल खेलाडी पुरस्कार सहारा क्लब का मानार्थ सदस्य खेम बहादुर गुरुङले प्रायोजन गरेको क्लब द्वारा जारी बिज्ञप्तीमा जनाईएको छ । अफिसियल इन्सुरेन्स पार्टनर प्रभु इन्सुरेन्स प्रा. लि., अफिसियल मल्टिप्लेक्स पार्टनर सिनेप्लेक्स पोखरा , फेयर प्ले पुरस्कार प्रायोजकं रुपाकोट ज्योति सुनचाँदी पसल महेन्द्रपुल ,वेस्ट प्लेयर पुरस्कार प्रजोजन: Tailg Electric scooter ,सर्वाधिक गोलकर्ता पुरस्कार प्रयोजन बाबा हार्डवयर र बाबा फाउन्डेसन नेपाल , साउण्ड सिस्टम पार्टनर : SK SOUND रहेका छन ।

प्रतियोगिता सम्पन्न गर्नको लागी पोखरा उद्योगबाणिज्य संघ , मुग्लान रेस्टुरेन्ट एंड बार, एल.जी .टिभी.,गोर्खाली अफसेट प्रेस , परिचय एड्भरटाइजिङ,जीएमसी मेडिकल कलेज,नयाँबजार , सहयोगी संस्था राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र अखिल नेपाल फुटबल संघ, क्षेत्रीय खेलकुद विकास समिति, कास्की जिल्ला खेलकुद विकास समिति , कास्की जिल्ला फुटबल संघ,सहारा क्लब यु.के /हङ्गकङ्ग/ अष्ट्रेलिया/ समेतको बिशेष सहयोग रहने छ ।

पोखरा महानगरपालिका प्रवर्द्धक रहेको यस प्रतियोगिताको   कुल आम्दानी १ करोड ५९ लाख ५० हजार रुपैया र कुल खर्च १ करोड १३ लाख ५६ हजार रुपैयाँ अनुमान गरिएको छ । गत वर्षकों विजेता ए.पी.एफ. क्लब र उपविजेता मनाङ मर्स्याङ्दी क्लब रहेको जानकारी गराउदै आसन्न २२ औं संस्करणमा नेपाल ए. पि. एफ. क्लब,  त्रिभुवन आर्मी फुटबल क्लब , धरान फुटबल क्लब , मनाङ मर्स्याङ्दी क्लब , मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब , Bhutanese Youth Sports Club, Minnesota, USA , नेपाल प्रहरी फुटबल क्लब , संकटा क्लब र सहारा क्लब पोखराको सहभागिता हुनेछ ।

प्रथम पुरस्कारमा २ लाख थप गरि जम्मा रु.१२ लाख र द्वितीय पुरस्कारमा १ लाख थप गरि ६ लाख कायम गरिएको छ | Best Of Five नगद पुरस्कार रु. २५०००/-, सर्वाधिक गोलकर्ता नगद पुरस्कार रु.२५०००/-, प्रत्येक खेलको Man Of The Match नगद पुरस्कार रु.८,०००/- साथै फाइनल खेलमा नगद पुरस्कार रु. १०,०००/- , Team नगद पुरस्कार रु १०,०००/-रहेको छ।  ०५८ मा सम्पन्न भएको क्याराभान गोल्ड कप लाइ गणना गर्दै २२ औं संस्करण बाट नामांकित यस प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सुर्य बहादुर के. सी. स्मृती सहारा फुटबल एकेडेमीमा खर्च गरिने जनाईएको छ ।

Comments are closed.