इक्यान शैक्षिक मेलाकाे टाइटल स्पाेन्सरमा इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्स

मेलामा  शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु, अष्ट्रेलिया, न्युजिल्याण्ड, युके, अमेरिका, डेनमार्क, जापान, जर्मन, नर्वे, स्वीडेन, फिनल्याण्ड आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, जर्मनी, डेनमार्क, फ्रान्स, रुस, जापान, भारत, चीन, बंगलादेश लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु सहभागी हुने

पाेखरा,
                                            
                                                 यहि असार २४ र २५ गते पाेखरा सभागृहमा हुने शैक्षिक मेलाकाे टाइटल स्पाेन्सरमा इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्सले साथ दिने सम्झाैता भएकाे मेलाका प्रचारप्रसार संयाजक कमलनाथ बरालले जानकारी दिए ।पाेखराकाे पन्थीगल्लीमा रहेकाे इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्सले इक्यान शैक्षिक मेलाकाे टाइटल स्पाेन्सर गरेकाे छ ।
संस्थाका म्यानेजिङ डाइरेक्टर समीर थापा मगरले इक्यान शैक्षिक मेलामा टाइटल स्पाेन्सर गर्न पाउदा खुसी लागेकाे बताए ।
अन्तराष्ट्रिय स्तरकाे मेनपावर उत्पादन गर्ने तालिम प्रदायक संस्था यस कलेजले अन्तराष्ट्रिय बजारमा विद्यार्थीलाई जवप्लेष्मेन्ट गर्न सहयाेग गर्ने डाइरेक्टर थापाले बताए । उनले भने-“याे संस्था हाेटल म्यानेजमेन्टसम्वन्धी अष्ट्रेलियन काेर्ष अध्यापन गराउने पाेखराकाे पहिलाे तालिम प्रदायक संस्था भएकाले अष्ट्रेलियाकाे कलेजसँग टाइअफ गरेर विदेश जाने विद्यार्थीलाई बरिस्ता, सर्ट टाइम कुकिङ र लङ टाईम कुकिङसम्बन्धी तालिम प्रदान गर्छाै ।”
उनले यस संस्था र संस्थाले दिने तालिमका काेर्षहरुका बारेमा विस्तृत जानकारी लिनकाे लागि इक्यान शैक्षिक मेलामा आउनकाे लागि सबैलाई अनुराेध समेत गरेका छन् ।
यस संस्थाबाट तालिम प्राप्त केही विद्यार्थीहरु अहिले अाेजिटि गरिरहेका छन् । सिटीभिटीबाट मान्यता प्राप्त यस संस्था २०१४ देखि सञ्चालनमा आएकाे हाे । शुरुवाती अवस्थामा तीन महिनाकाे मात्र तालिम प्रदान गर्दै आएकाे यस संस्थाले विद्यार्थीकाे माग र अावश्यकतालाई मध्यनजर गरी एक वर्षे काेर्ष पनि शुरुवात गरेकाे छ ।
नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना र अवसरहरुको परामर्श लिन उपयुक्त माध्यम शैक्षिक मेलामा विदेशमा पढाई हुने कोर्ष, कलेज फि, होस्टेल फि, लागत लगायत विभिन्न देशको भिसा नीतिको बारेमा विद्यार्थीले नि:शुल्क जानकारी तथा परामर्श लिन सक्नेछन् ।
 एकै छानामुनि ४० वटा स्टल रहने यस मेलामा  शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु, अष्ट्रेलिया, न्युजिल्याण्ड, युके, अमेरिका, डेनमार्क, जापान, जर्मन, नर्वे, स्वीडेन, फिनल्याण्ड आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, जर्मनी, डेनमार्क, फ्रान्स, रुस, जापान, भारत, चीन, बंगलादेश लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु सहभागी हुने भएकाेले पनि विद्यार्थीले विस्तृत जानकारी लिन सहज हुने मेला संयाेजक युवराज पाैडेलले जानकारी दिए ।

Comments are closed.