इजाजत बिना नै रासायनिक मलको विक्री

पाेखरा ७ जेठ/ कास्कीका विषादी खुद्रा विक्रेता पसलहरुमा रासायनिक मल बेच्ने गरेको भेटीएको छ । मंगलबार जिल्ला स्तरिय विषादी ब्यवस्थापन समितिले विरौटा, मालेपाटन, हरिचोक, हेम्जा लगायतका विषादी खुद्रा विक्रेता पसलहरुमा अनुगमन गर्दा रासायनिक मल विक्रि गर्ने गरेको खुलासा भएको हो ।
नेपाल सरकारले ढुवानी अनुदानमा इजाजत प्राप्त सहकारीले मात्रै विक्रि वितरण गर्न पाउने व्यवस्था गरेको छ । रासायनिक मल खुद्धा व्यवसायीले खुलेआम विक्रि गरेको पाइएपछि समितिले उनिहरुलाई रासायनिक मल विक्रि नगर्न आग्रह गरेको छ ।

 हेम्जाको एक पसलमा म्याद गुज्रीएका विउ विक्रिको लागि राखेको पाइएपछि अनुगमन टोलीले विउ नियन्त्रणमा लिएको छ । जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख रमेशप्रसाद कोइरालाले पहिलो पटक भएकोले नबेच्न आग्रह मात्रै गरेको तर दोस्रो छड्के अनुगमनमा अटेर गरेको पाइए कानुनी कार्वाही गर्ने बताएका छन् ।

Comments are closed.