इन्धनको मूल्यबृद्धिको निर्णय एक घण्टामै फिर्ता

१८ जेठ, काठमाडौं । नेपाल आयल निगमले सोमबार बढाएको पेट्रोलियम पदार्थको मूल्य एक घण्टा नपुग्दै फिर्ता लिएको छ । राहत चाहिएकोबेला मूल्य बृद्धिले आहत दिएको भन्दै निगमलाई मूल्य नबढाउन चौतफी दवाव आएको थियो ।

नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले अनलाइनखबरसँग भने, ‘मूल्यबृद्धिको समाचार सार्बजनिक भएपछि सबैतिरबाट मूल्य नबढाउन सुझाव आयो र निगमको व्यवस्थापन पक्षले छलफल गरेर तत्काललाई मूल्यबृद्धि फिर्ताको निर्णय गरेको हो ।’

निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको थियो । खाना पकाउने ग्याँस र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको थियो ।

Comments are closed.