२३ कात्तिक, काठमाडौं
मुलुकमा इन्धन अभाव गहिरिएसँगै सार्वजनिक, निजी र मालबाहक सवारीसाधन चल्न सकेका छैनन् । राष्ट्रिय यातायात ब्यवसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार इन्धन अभाव र मधेस आन्दोलनबाट असुरक्षाका कारण मुलुकभर २५ प्रतिशत सवारी साधानमात्रै चल्न सकेका छ ।
महासंघका अनुसार साना-ठूला, छोटो लामो रुट, यात्रुबाहक मालबाहक सबै गरी १७ लाख सवारी साधन मुलुकभर सञ्चालनमा रहेका कारण बसभित्र कोचिएर र जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका छन् ।
दशैंतिहारको चहलपहल बढेका कारण कम्तीमा ७० प्रतिशत सवारी साधन चल्नुपर्नेमा यात्रुको चाप बढेको तर सवारी साधन घटेको राष्ट्रिय यातायात ब्यवसायी महासंघ महासचिव सरोज सिटौलले बताए ।
उता, नेपाल आयल निगमले आवश्यक मात्रामा इन्धन उपलब्ध गराउन नसकेपछि आन्तरिक उडानमा भारी कटौली गर्नुपरेको छ ।
ध्वजाबाहक कम्पनी नेपाल वायुसेवा निगमबाहेक निजी कम्पनीहरुले इन्धन अभावको मार ब्यहोर्नुपरेको हो । कम्पनीका अनुसार आइतबार देशभर निर्धारित करिब १ सय उडानमध्ये ७५ प्रतिशतभन्दा बढी उडान रद्द भएको सम्बन्धीत कम्पनीले जानकारी दिएका छन् ।
Comments are closed.