पोखरा, २४ जेठ
‘इभोलुसन डान्स क्रु’ बेलायतले पोखरा महानगरपालिका वडा नं.
१, बगरमा बस्ने दृष्टिविहीन, गर्भवती र सुत्केरी तथा अति विपन्न
परिवारलाई राहत वितरण गरेको छ।
निश्चल गुरुङ नेतृत्वको सो नृत्य समूहले विभिन्न च्यारिटी
कार्यक्रममार्फत् नृत्य प्रस्तुत गरी संकलन गरेको रकम नेपालमा
सामाजिक कार्यमा खर्च गर्दै आएको छ । सोही अन्तर्गत कोरोना
भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको
लकडाउनका कारण समस्यामा परेका दृष्टिविहीन, अति विपन्न तथा
गर्भवती र सुत्केरी गरी ४0 जनालाई राहत वितरण गरिएको डान्स
क्रु यु के का संयोजक निश्चल गुरुङका मामा लक्ष्मण गुरुङले जानकारी
दिनुभयो।
राहत अन्तर्गत साढे १२ किलो चामल, दाल, तेल, मसला, नुन र चाउचाउ
वितरण गरिएको हो । सो अवसरमा निश्चलका हजुरबुबा समाजसेवी
चम्फासिंह गुरुङ, हजुरआमा कन्याकुमारी गुरुङ, मामा लक्ष्मण
गुरुङ, माइजू चन्दा गुरुङ, दीप आमा समूहकी अध्यक्ष विष्णु गुरुङ,
समाजसेवी कल्पना बाँस्तोलालगायतले राहत वितरण गर्नुभएको थियो।
बेलायतमा बस्दै आएका आफ्नो नाति निश्चल गुरुङले सानै उमेरमा
सामाजिक कार्यमा लागिपरेकोमा आफूलाई खुशी लागेको उनका
हजुरबुबा चम्फासिंह गुरुङले बताउनुभयो ।निश्चलले कोरोना
भाइरस संक्रमणका कारण विश्व नै रोइरहेका बेलामा नेपालमा
समस्यामा परेका दाजुभाइ तथा दिदीबहिनीलाई थोरै भएपनि
सहयोग गर्न पाउँदा आत्म सन्तुष्टि मिलेको उल्लेख गरे ।
आफूले यसअघि, इन्द्रेणी कार्यक्रममार्फत् एक जना बिरामीलाई शल्यक्रियाका लागि १ लाख रुपैयाँ सहयोग गरेको र बगरको विन्दुवासिनी संस्कृत विद्यापीठमा विद्युतीय पुस्तकालयको
स्थापना समेत गरिदिएको बताए । आगामी दिनमा पनि समस्यामा परेका दीनदुःखीका लागि निरन्तर सहयोग गरिरहने उनले बताए।
Comments are closed.