कालावाङ घरेडी होमस्टेको लोकप्रियता वढ्दै

kalabang-news-photo
पोखरा । कालाबाङ होमस्टेको अवलोकन गर्न आएका सरकारका प्रतिनिधिहरुसंग संचालकहरुले अन्र्तक्रिया गरेका छन् ।
कास्कीको तत्कालिन पुम्दीभुम्दी गाविस हाल पोखरा २५ कालावाङ घरेडी होम स्टे (घरबास) व्यवस्थापन समिति र विभिन्न मन्त्रालय तथा विभागका कर्मचारीहरुका विचमा अन्र्तक्रिया कार्यक्रममा कालावाङ होमस्टेको लोकप्रियता वढेको वक्तहरुले वताएका छन् । अन्तरक्रिया शनिबार कालावाङ घरेडीमा सम्पन्न भएको थियो । कालावाङ घरेडी होमस्टेको बारेमा पत्रपत्रिकामा पढेर राष्ट्रिय योजना आयोग कि योजना अधिकृत दुर्गा बन्जाडेले गाँउले जनजीवनमा परिवर्तन र सोचाइमा सकारात्मकता आएको बताईन्।
उनले गाउँलेलाई स्कुल पढ्ने विद्यार्थीहरुको लागि होमस्टमा प्रयोगमा लगाउदा पढाईमा असर पर्ने भन्दै प्याकेजको बारेमा प्रचार प्रसार गर्नुपर्ने सुझाव पनि दिइन । साथै होम स्टे जटिल भएको र धेरै कुरामा ध्यान र्पुयाउनु पर्ने भएकोले यसको दिगोपनाको लागि काम गर्नुपर्ने बताईन ।
घरबास कार्यक्रम ब्यबस्थापन समितिका अध्यक्ष राजबहादुर गुरुङले एशियन फोरमले सहयोग गर्नु पहिला र अहिलेको अवस्थाको बारेमा बोल्दै कालावाङ घरेडीको बारेमा वताएका थिए। उनले गाउँ मै आय आर्जन गर्न सकिने भएपछि विभिन्न बहानामा गाउँ छाँड्न लागेकालाई रोक्न सफल भएको भन्दै गाउँ छाडेर गएका पनि फर्किन लागेको वताए । जिल्ला प्रशासन कार्यालय कास्कीका शाखा अधिकृत मिलन केसीले कालावाङ्लाई कृषि र पर्यटनलाई प्रमुख आयस्रोत बनाउन सकिने वताए । धेरै सुनेको तर पहिलो पटक कालावाङ पुगेका पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराका बिष्णुप्रसाद तिमिल्सिनाले पनि होमस्टे दर्ता गरेर संचालन गरेमा कार्यालयले सहयोग गर्ने वताए ।
त्यस्तै पुनराबेदन अदालत बार एशोसियसनका अध्यक्ष दयाराम गौतमले बेला बेलामा परिवारसंगै आउनु पर्ने स्थान भएको बताउदै मानव बिकासमा सामाजिक बिकासको भावना लिनुपर्ने बताए । शैक्षिक तालीम केन्द्रका प्रशिक्षक चिन्तामणि शर्मा तिमिल्सिनाले शिक्षण पेशामा ८ बर्ष कालावाङ बसेको बताउँदै होमस्टेले गाँउले जिवनमा परिबर्तन आएको वताए । साथै उनले पर्यटनको निकै सम्भावना रहेको पनि बताए ।
संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रालयमा नारायण बहादुर रिजाल र नरेन्द्र बहादुर रोका, काठमाडौ जिबिसका सामाजिक बिकास शाखाका शुक्रबहादुर तामाङ, कास्की जिबिसका खेमराज देवकोटाले आफ्ना अनुभव व्यक्त गरेका थिए । व्यावसायिक सीप बिकास तालीम केन्द्रका प्रमुख तिलक रिजालले २०÷२० जनालाई घरबास संचालन सम्बन्धि तालिम केन्द्रले दिने बताए त्यसको लागि समूह बनाएर कार्तिक भित्र सम्पर्क गर्नु पर्ने साथै अन्य तालीम चाहिएमा पनि सहयोग गर्न सकिने बताए ।

Comments are closed.