राजेन्द्र न्यौपाने
गोरखा, ४ जेठ । फ्रेन्ड्स अफ सिङ्ला नेपाल स्टिफटुङ स्वीसको सहयोगमा
उत्तरी गोरखाको खोर्लाबेशी र हुल्चुकमा खाद्यन्न वितरण गरिएको छ । उक्त
संस्थाले धार्चे गाउँपालिकाको हुल्चुकबाट २४६ , खोर्ला र खोर्लाबेशीबाट
२३६ घर परिवारका लागि ३० किलोग्राम चामल, एक लिटर तेल, नुन, सावुन प्रदान
गरेको थियो ।
खाद्यन्न सामग्री हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष सोम गुरुङले दुखमा
परेका समुदायका लागि सहयोग गरेको बताए । उत्तरी गोरखा घर भई विभिन्न
मुलुकमा बसोबास गर्दै आईरहेका व्यक्ति तथा संस्थाहरुले काठमाण्डौ, गोरखा
लगायतका स्थानमा बसोबास गर्ने त्यस क्षेत्रका नागरिकहरुलाई सहयोग गर्दै
आइरहेका छन् । यस अघि उक्त संस्थाले सिङ्ला लगायतका क्षेत्रमा वन
संरक्षणमा सहयोग पुग्ने उदेश्यका साथ ग्याँस सिलिण्डर, चुल्हो समेत
समुदायलाई प्रदान गरेको थियो ।
Comments are closed.